Monday, May 06, 2024

-->

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो ७६८ ग्राम सुन तथा एक करोड ४३ लाख ६० हजार रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। 

बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।


सम्बन्धित सामग्री