Friday, May 03, 2024

-->

नेम्वाङको पार्थिव शरीर बुधबारसम्म पार्टी कार्यालयमा राखिने

मंगलबार राति १:३० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए।

नेम्वाङको पार्थिव शरीर बुधबारसम्म पार्टी कार्यालयमा राखिने 

काठमाडौँ– हृदयघातबाट निधन भएका एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर बुधबारसम्म ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ। 

बालुवाटारस्थित निजी निवासमा मंगलबार राति हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्‍याइएकामा त्यही नेम्वाङको निधन भएको थियो।

राति १:३० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेता राति नै अस्पताल पुगेका छन्।


सम्बन्धित सामग्री