Sunday, April 28, 2024

-->

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत भएका हुन्।

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

काठमाडौँ– नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्। 

अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत भएका हुन्।

शुक्रबार शुरू भएको अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालले उम्मेदवारी दिएका थिए। 

निर्वाचन समितिका अनुसार अधिवेशनबाट अन्य पदाधिकारी पनि सर्वसम्मत चुनिएका छन्।

उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्वाचित भएका हुन्। 


सम्बन्धित सामग्री