Saturday, May 18, 2024

-->

आईपीएल: रोमाञ्चक खेलमा राजस्थान १ रनले पराजित

आईपीएलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको खेलमा हैदराबाद १ रनले विजयी भएको हो।

आईपीएल रोमाञ्चक खेलमा राजस्थान १ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष स्थानमा रहेको राजस्थान रोयल्स सनराइजर्स हैदराबादसँग १ रनले पराजित भएको छ। 

राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा २०२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन मात्र बनाउन सक्यो।  

राजस्थानका रियान परागले ४९ बलमा सर्वाधिक ७७ रन बनाए। यस्तै, यशस्वी जैसवालले पनि ४० बलमा ६७ रनको इनिङ्स खेले। 

हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र नटराजनका नाममा समान २–२ विकेट रह्यो। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। 

हैदराबादका नितिशकुमार रेड्डीले ४२ बलमा ७६ तथा हेन्रिच क्लासेन १९ बलमा ४२ रनमा नटआउट रहे। । ट्रेभिस हेडले ४४ बलमा ५८ रनको योगदान दिए।

राजस्थानका आभेश खानले २ तथा सन्दीप शर्माले १ विकेट लिए।

जितपछि हैदराबाद १० खेलमा १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ। राजस्थान १० खेलमा १६ अंकसहित शीर्ष स्थानमा कायम छ।


सम्बन्धित सामग्री