Friday, May 03, 2024

-->

पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

सरकारले पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।

पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

काठमाडौँ– नेपाल सरकारले पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल राष्ट्र बैंकलाई पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको जानकारी दिएकी हुन्। उनले अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त स्वीकृति दिएको बताइन्।

“अर्थ मन्त्रालयको प्रस्तावमा रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको छ,” उनले भनिन्।

मन्त्री शर्माले मन्त्रिपरिषद्को बैठकले साइबर सुरक्षा नीति पनि स्वीकृति गरेको बताइन्। बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक संसद्मा पेश गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिइएको उनको भनाइ छ।


सम्बन्धित सामग्री