Saturday, May 18, 2024

-->

जापान पठाइदिने भन्दै ३ करोड रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी– ७ घर भई काठमाडौँको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन्।

जापान पठाइदिने भन्दै ३ करोड रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ– नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी– ७ घर भई काठमाडौँको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन्। प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब तीन करोड ठगी गरेका हुन्। 

नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी पुतलीसडकमा नियोनी एजुकेसन कन्सल्टेन्सी दर्ता गरी चलाउँदै आएका उनीहरूले जापान पठाउने भनी चार लाखदेखि सातलाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ। 

ईश्वरी पाण्डेले पनि पर्वराज पाण्डेको हराएको नागरिकताको दुरुपयोग गरी उनको नाममा बैंक खोली रकम जम्मा गर्ने गरेका थिए। 

तीन वर्षदेखि पठाओ चलाउँदै आएका नागरिकता धनी नारायणबहादुर राईले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि हराएको प्रहरीमा बयान दिएका छन्।


सम्बन्धित सामग्री