Sunday, May 12, 2024

-->

ओली र सीसीपीका नेताबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमालेले जनाएको छ।

ओली र सीसीपीका नेताबीच भेटवार्ता द्विपक्षीय हितका विषयमा छलफल 

काठमाडौँ– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ।

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमालेले जनाएको छ। युआन नेतृत्वको प्रतिनिधिमण्डल तीन दिनको भ्रमणका लागि आइतबार नेपाल आएको हो।

उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरिसकेका छन्। 


सम्बन्धित सामग्री