Thursday, May 23, 2024

-->

अफगानिस्तानमा बाढी: ३०० भन्दा बढीको मृत्यु

अफगानिस्तानमा केही सातादेखि असामान्य रूपमा भारी वर्षा हुँदै आएको छ। बदख्सान, बागलान, घोर र हेरात प्रान्त वर्षा र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।

अफगानिस्तानमा बाढी ३०० भन्दा बढीको मृत्यु 
तस्वीर: एपी।

अफगानिस्तानमा असामान्य रूपमा भारी मौसमी वर्षाबाट आएको बाढीमा परी ३०० भन्दा बढीको मृत्यु भएको छ। 

उत्तरी प्रान्त बगलानमा शुक्रबार र शनिबार भीषण वर्षापछि आएको बाढीले एक हजारभन्दा बढी घरहरू ध्वस्त पारेको विश्व खाद्य कार्यक्रमले जनाएको छ। 

तालिबान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले सयौँ मानिस बाढीमा परेको र घाइतेको संख्या यकिन हुन नसकेको जनाएका छन्। 

उनका अनुसार बदख्सान, बागलान, घोर र हेरात प्रान्त वर्षा र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन्। अफगानिस्तानमा केही सातादेखि असामान्य रूपमा भारी वर्षा हुँदै आएको छ। 

यसपालि हिउँद सुक्खा भएकाले अहिले वर्षा हुँदा माटोले पानी सोस्न नसकेको र जलवायु परिवर्तनका कारण असामान्य घटना भएको हुन सक्ने विज्ञहरूको अनुमान छ। 


सम्बन्धित सामग्री