Saturday, April 27, 2024

-->

व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छः सभामुख

शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने सभामुख घिमिरेले बताएका छन्।

व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छः सभामुख 

काठमाडौँ– सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन्। 

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राम्रो शैक्षिक जनशक्तिको विकास गर्नसक्ने मलुकको मात्रै प्रगति सम्भव रहेको उल्लेख गरे। 

नेपालमा शिक्षाको विकास सही ढंगबाट हुन नसकेको भन्दै सभामुख घिमिरेले यसप्रति प्रश्नहरू उठिरहेको बताए। 

“समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रूपबाट विकास गर्नुपथ्र्यो सायद त्यसरी हुन सकेनकि भन्ने प्रश्न उठिरहेको छ,” उनले भने, “जुन मुलुकले शैक्षिक जनशक्ति विकास गर्न सकेको छ। व्यवहारिक शिक्षा दिन सकेको छ। त्यही मुलुकले मात्रै विश्वमा प्रगती गर्न सकेका छन्।” 

शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापले महत्वपूर्ण पाइलाको शुरूआत गर्ने बताए।


सम्बन्धित सामग्री