Thursday, May 09, 2024

-->

रोहित पौडेलको शतकप्रेरित नेपाल वेस्टइन्डिज ‘ए’माथि ४ विकेटले विजयी

कप्तान रोहित पौडेलको शतकप्रेरित नेपालले पाँच खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको छ।

रोहित पौडेलको शतकप्रेरित नेपाल वेस्टइन्डिज ‘ए’माथि ४ विकेटले विजयी

काठमाडौँ– कप्तान रोहित पौडेलको शतकप्रेरित नेपालले पाँच खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज ‘ए’लाई पराजित गरेको छ। शनिबार भएको खेलमा नेपालले वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो।

वेस्टइन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कप्तान रोहित पौडेलले शतकीय इनिङ्स खेल्ने क्रममा ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै ११२ रन बनाए। दीपेन्द्र सिंह ऐरीले १ चौका र १ छक्काको मद्दतमा २४ रन बनाउँदा कुशल मल्ल र कुशल भुर्तेलले समान १६/१६ रन बनाए।

बलिङतर्फ वेस्टइन्डिज ‘ए’का म्याथ्यू फोर्ड र ओबेद म्याकोयले समान २/२ विकेट लिँदा कीमो पउलले १ विकेट लिएर।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो। 

वेस्टइन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए। अलिक अथान्जेले ४७ तथा केसी कार्टिले ३८ तरनको योगदान दिए। 

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र रोहित पौडेलले समान १/१ विकेट लिए।


सम्बन्धित सामग्री