Saturday, April 27, 2024

-->

प्रधानमन्त्री र सभामुख टेलिफोन सम्वाद: ३ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

आइतबार दिउँसो १ बजे बस्ने तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख देवराज घिमिरेले ३ बजेका लागि सारेका हुन्।

प्रधानमन्त्री र सभामुख टेलिफोन सम्वाद ३ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक  

काठमाडौँ– प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सरेको छ।

आइतबार दिउँसो १ बजे बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख देवराज घिमिरेले ३ बजेका लागि सारेका हुन्।

सदनमा जारी अवरोध हटाउन शीर्ष तीन नेताबीच छलफल भइरहेको छ। सोही छलफलकै क्रममा प्रधानमन्त्रीले सभामुखलाई टेलिफोन गरेर प्रतिनिधिसभा बैठक सार्न अनुरोध गरेका थिए।

टेलिफोन सम्वादमा सभामुख घिमिरेले छलफलबाट सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामनासमेत दिएका थिए।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सदन खुलाउने विषयमा छलफल जारी छ।


सम्बन्धित सामग्री