Monday, April 29, 2024

-->

चिनियाँ रक्षामन्त्री र रुसी नौसेना प्रमुखबीच भेट, क्षेत्रीय शान्ति र स्थिरता कायम गर्नेबारे छलफल

दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, नौसेना सञ्चारलाई सुदृढ गर्ने र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।

चिनियाँ रक्षामन्त्री र रुसी नौसेना प्रमुखबीच भेट क्षेत्रीय शान्ति र स्थिरता कायम गर्नेबारे छलफल
तस्वीर: रोयटर्स

चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङ्फु र रुसी नौसेनाका कमान्डर–इन–चीफ निकोले येभमेनोभबीच भेटवार्ता भएको छ।

सोमबार बेइजिङमा भएको भेटवार्तामा उनीहरूबीच क्षेत्रीय शान्ति र स्थिरता कायमका लागि पहल गर्नेबारे छलफल भएको सिन्ह्वाले जनाएको छ।  

सो क्रममा रक्षामन्त्री लीले दुई राष्ट्र प्रमुखले चीन र रुस सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहयोगको खाका तयार गरेको बताएका छन्। दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन, नौसेना सञ्चारलाई सुदृढ गर्न र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्न पनि आह्वान गरेको बताइएको छ।

रुसले चीनसँगको सैन्य सहयोग अभिवृद्धिलाई ठूलो महत्त्व दिएको र दुई देश र सेनाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीनसँग निकट समन्वय कायम गर्न इच्छुक रहेको येभमेनोभले बताएका छन्।


सम्बन्धित सामग्री