Thursday, May 16, 2024

-->

रारामा भित्रियो अस्ट्रेलियन लगानी

काम शुरू भएको डेढ वर्षभित्र रिसोर्टको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रारा होल्डिङ्स जनाएको छ।

रारामा भित्रियो अस्ट्रेलियन लगानी

काठमाडौँ– अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले मुगुको राराताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट निर्माणका लागि लगानी गर्ने भएको छ। काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनको दोस्रो तथा अन्तिम दिन सोमबार रारामा रिसोर्ट निर्माणका लागि लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे।

मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा रिसोर्ट निर्माण हुनेछ। रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ बराबर लगानी हुने जानकारी दिइएको छ। यस्तै, दोस्रो चरणमा करिब  ४० करोड बराबरको लगानी हुनेछ जनाइएको छ।

काम शुरू भएको डेढ वर्षभित्र रिसोर्टको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रारा होल्डिङ्स जनाएको छ। स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण हुने रिसोर्टको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको शाहले बताए।


सम्बन्धित सामग्री