Thursday, May 16, 2024

-->

दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प

यसअघि जेठ २९ गते बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ– दार्चुलाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ४.५५ बजे जाँदा चार म्याग्निच्यूडको भूकम्प गएको हो।

यसअघि जेठ २९ गते बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।


सम्बन्धित सामग्री