Sunday, April 28, 2024

-->

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।

बजारमा छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँ तोकिएको छ। सोमबार एक लाख १२ हजार ४०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुन पनि ३०० रुपैयाँले नै बढेर प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार महासंघले जनाएको छ।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित सामग्री