Saturday, May 11, 2024

-->

आईपीएल: राजस्थानसँग लखनउ ७ विकेटले पराजित

शनिबार राति जितका लागि पाएको १९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

आईपीएल राजस्थानसँग लखनउ ७ विकेटले पराजित 

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराएको छ। 

शनिबार राति जितका लागि पाएको १९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

कप्तान सञ्जु सामसन ७१ तथा ध्रुव जुरेल ५२ रनमा नटआउट रहे। यस्तै, जस बटलरले ३४ र यशस्वी जैसवालले २४ रन बनाए।

लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

लखनउका लोकेश राहुलले सर्वाधिक ७६ रन बनाए। दीपक हुडाले ५०, आयुश बदोनीले १८ तथा क्रुनाल पाण्ड्याले १५ रन जोडे।

राजस्थानका सन्दीप शर्माले २ तथा ट्रेन्ट बोल्ट, आवेश खान र रवीचन्द्रन आश्विनले समान १–१ विकेट लिए।

यससँगै राजस्थान ९ खेलमा ८ मा जितका साथ प्लेअफनजिक पुगेको छ। लखनउ ९ खेलमा १० अंकका साथ चौथो स्थानमा छ।


सम्बन्धित सामग्री