Sunday, April 28, 2024

-->

प्रतितोला ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतितोला ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन एक लाख ११ हजार ९५० रहेको छ।

सोमबार एक लाख ११ हजार ५० रुपैयाँ थियो। आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ४२० मा रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्ने गरेको छ। 


सम्बन्धित सामग्री