Sunday, May 12, 2024

-->

बैंकिङ कसुरमा जुगल गाउँपालिका-७ का वडा अध्यक्ष पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

बैंकिङ कसुरमा जुगल गाउँपालिका-७ का वडा अध्यक्ष पक्राउ

सिन्धुपाल्चोक– बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिबाना तोकेको थियो। प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडा अध्यक्ष तामाङलाई कैद र जरिबाना तोकेको थियो।

प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आइतबार पक्राउ गरी चौतारास्थित सिन्धुपाल्चोक जिल्ला अदालत पेस गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।


सम्बन्धित सामग्री