Friday, April 26, 2024

-->

साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा

भारतमा असार ६ देखि शुरू हुने च्याम्पियनसिममा नेपाल समूह 'ए' मा छ। नेपालको समूहमा घरेलु टोली भारत, पाकिस्तान र कुवेत छन्।

साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ– साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले ३० सदस्यीय टोलीको घोषणा गरेका हुन्। 

भारतमा असार ६ देखि शुरू हुने च्याम्पियनसिममा नेपाल समूह 'ए' मा छ। नेपालको समूहमा घरेलु टोली भारत, पाकिस्तान र कुवेत छन्।

अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्। ए डिभिजन लिग चलिरहेका कारण खेलाडीहरूले नियमित प्रशिक्षण गर्न पाएका छैनन्। 

प्रारम्भिक टोलीमा फरवार्ड विमल घर्तीमगर, गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर देवेन्द्र तामाङ, विक्रम लामा र सुदिप गुरुङले पुनरागमन गरेका छन्।

प्रारम्भिक टोली
फरवार्ड: आयुष घलान नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेम्जन

डिफेन्डर: बिमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिस गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन

मिडफिल्डर: पुजन उपकरोटी, एरिक विष्ट, नविन लामा, मणि कुमार लामा, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ


सम्बन्धित सामग्री