Friday, April 26, 2024

-->

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बलेफी गाउँपालिका– २ नौबिसेका प्रदीप माझी र चौतारा साँगाचोकगढी– ११ का अनिल माझीको घटनास्थलमै मृत्यु भएको छ।

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु
दुर्घटनाग्रस्त मोटरसाइकल।

चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुभिन्डेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गएराति भएको दुर्घटनामा बलेफी गाउँपालिका– २ नौबिसेका प्रदीप माझी र चौतारा साँगाचोकगढी– ११ का अनिल माझीको घटनास्थलमै मृत्यु भएको डीएसपी रामकुमार यादवले जानकारी दिए।

गएराति १२ बजेको समयमा सडकबाट १५० मिटर तल झरेको मोटरसाइकल पूर्ण रूपमा क्षति भएको डीएसपी यादवले बताए। 


सम्बन्धित सामग्री