Saturday, April 27, 2024

-->

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, नेपाल–भारत सम्बन्धका विषयमा छलफल हुने

बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्धलगायत विषयमा छलफल हुने बताइएको छ।

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै नेपाल–भारत सम्बन्धका विषयमा छलफल हुने

काठमाडौँ–  राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहीबार बस्दैछ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्धलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणअघि बैठक बस्न लागेको हो। 


सम्बन्धित सामग्री