Saturday, April 27, 2024

-->

बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ– बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर बुधबार बिहान ४: ०६ बजे ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो।

यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर जेठ ७ गते बिहान ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।


सम्बन्धित सामग्री