Sunday, April 28, 2024

-->

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला ८०० र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार एक लाख नौ हजार २०० रुपैयाँ रहेको थियो। यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

दुई दिनसम्म स्थिर रहेको चाँदीको मूल्य आइतबार भने बढेको छ। चाँदी, प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।  


सम्बन्धित सामग्री