Wednesday, May 22, 2024

-->

भारतको मध्यप्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु

५० जना सवार बस इन्दौर जाने क्रममा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बैराड नदीमा खसेको थियो। 

भारतको मध्यप्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु

भारत मध्यप्रदेशको खरगोनमा पुलबाट बस खस्दा मंगलबार १५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा कम्तीमा २० जना घाइते भएको त्यहाँका गृहमन्त्री नरोत्तम मिश्राले जानकारी दिए। उनका अनुसार ५० जना सवार बस इन्दौर जाने क्रममा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बैराड नदीमा खसेको थियो।

मध्यप्रदेश सरकारले मृतकका परिवारलाई जनही चार लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ।

घाइतेको उपचार खर्च पनि सरकारले बेहोर्ने भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। 


सम्बन्धित सामग्री