Friday, May 03, 2024

-->

'मुख्यमन्त्रीको सहजताका लागि' एमाले कर्णाली सरकारबाट बाहिरियो

संयुक्त रूपमा दिएको राजीनामा पत्रमा देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्षकमा मुख्यमन्त्री शर्माको सहजताका लागि एमाले सरकारबाट बाहिरिएको उल्लेख छ।

मुख्यमन्त्रीको सहजताका लागि एमाले कर्णाली सरकारबाट बाहिरियो

काठमाडौँ– नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। केन्द्रको राजनीतिमा आएको फेरबदलपछि एमालेले कर्णाली प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको हो।

एमालेबाट कर्णाली मन्त्रिपरिषद्मा सहभागी भएका तीन मन्त्रीले आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन्। आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र उद्योग वन पर्यटन तथा वातावरण मन्त्री जीत बहादुर मल्लले संयुक्त रूपमा राजीनामा दिएका हुन्।

उनीहरूले संयुक्त रूपमा दिएको राजीनामा पत्रमा देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्षकमा मुख्यमन्त्री शर्माको सहजताका लागि एमाले सरकारबाट बाहिरिएको उल्लेख छ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्माले त्यसको भोलिपल्ट पुस २८ गते  एमालेका शाहसहित दुई मन्त्री नियुक्त गरेका थिए। त्यस्तै, मुख्यमन्त्री शर्माले माघ १० गते पुनः मन्त्रिपरिषद् विस्तार गर्दा पछाई र मल्ललाई मन्त्री नियुक्त गरेका थिए। कर्णालीमा एमालेका नौ जना सांसद छन्।


सम्बन्धित सामग्री