Sunday, April 28, 2024

-->

सुनको मूल्यमा नयाँ रेकर्ड

बुधबार छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ– सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

बुधबार छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार एकैदिन प्रतितोला दुई हजार रुपैयाँले बढेर रेकर्ड बनाएको हो।

यसअघि चैत ५ गते एक लाख १० हजार रुपैयाँमा कारोबार भएर उच्च रेकर्ड बनाएको थियो। यस्तै छापावाल सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ४४० रुपैयाँ पुगेको छ।


सम्बन्धित सामग्री