AnonymousUser

Logout

स्थलगत हमला गर्न गाजा क्षेत्रनजिक पुगे इजरायली सेनाका ट्यांक

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा हमलाकाे तयारी गरिरहेका आफ्ना सेनाहरूलाई भेटेका छन्। उनले आगामी दिनका लागि सेनाकाे तयारीबारे बुझेकाे बताइएकाे छ।

हिज्बुल्लाहद्वारा इजरायलमा मिसाइल आक्रमण, एक जनाको मृत्यु, कैयौँ घाइते

इजरायलले पनि जवाफी कारबाहीअन्तर्गत लेबनानमा हवाई आक्रमण शुरू गरेको छ।

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्यूडको भूकम्प

अफगानिस्तानमा एक हप्ताबीचमा तीन शक्तिशाली भूकम्प भएका छन्। जसमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

इजरायलमा हमासको आक्रमणमा सयभन्दा बढी विदेशी नागरिकले ज्यान गुमाए

इजरायलमा हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३०० पुगेको छ।  मृतकमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने एक सयभन्दा बढी विदेशी नागरिक छन्।

इजराइली हमलामा गाजामा मारिनेको संख्या दुई हजार २१५ पुग्यो

इजरायली हमलामा परी गाजामा ७२४ बालबालिकासहित दुई हजार २१५ व्यक्तिको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उत्तर कोरियाले रुसलाई सैन्य उपकरण पठाएको अमेरिकाको दाबी

गत महिना उत्तर कोरियाली नेता किम जोङ उनले सम्भावित सैन्य सहयोगबारे छलफल गर्न रुसको भ्रमण गरेका थिए।

इजरायलको हमलामा गाजाबासीको बिचल्ली, ५० हजार गर्भवती महिला सुरक्षित ठाउँ खोज्दै

संयुक्त राष्ट्रसंघका अनुसार प्रत्येक दिन डेढ सय महिला सुत्केरी भइरहेका छन्। अहिलेको याे कठिन समयमा उनीहरूलाई बच्चा जन्माउनको लागि सुरक्षित स्थान पनि छैन।

इजरायली आक्रमणमा १ हजार ५०० प्यालेस्टिनीको मृत्यु, गाजामा ४ लाख विस्थापित

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा छ हजार २६८ जना घाइते भएका छन्। 

चीनले आगामी हप्ता ‘बेल्ट एन्ड रोड फोरम’ आयोजना गर्ने, पुटिन पनि सहभागी हुने

चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा १३० भन्दा बढी मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन्।

इजरायली हवाई आक्रमणमा हमासका २ पोलिटब्युरो सदस्यको मृत्यु

इजरायलको आक्रमणमा हमासका अर्थमन्त्री अबु शमाला र वरिष्ठ योजनाकार जकारिया अबु मुअम्मरको मृत्यु भएको छ।

जर्मनीमा मन्दी गहिरिने आईएमएफको प्रक्षेपण

उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष ०.५ प्रतिशतले संकुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ।

गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। 

इजरायल–प्यालेस्टाइन युद्धमा ज्यान गुमाउनेकाे संख्या ११ सय नाघ्याे

सोमबार पनि गाजा नजिकका क्षेत्रमा इजरायली सेना र प्यालेस्टिन विद्रोही समूह हमासबीच बमबारी चलिरहेको छ।

के हो इजरायल–प्यालेस्टाइन विवाद, किन भइरहन्छ पटक–पटक युद्ध?

इजरायल र प्यालेस्टाइनबीचको विवाद बुझ्न १०० वर्षअगाडि फर्किनुपर्छ। यहुदीहरूले यस क्षेत्रलाई आफ्ना पुर्खाहरूको भूमि मान्छन्। अरब समुदायले पनि यस्तै दाबी गर्छ।

अफगानिस्तानमा शक्तिशाली भूकम्प: १०० जनाको मृत्यु, ५०० बढी घाइते

भूकम्पबाट ६०० परिवारका चार हजार २०० मानिस प्रभा‍वित भएका छन्।

गाजापट्टीमा इजरायलको जवाफी आक्रमण: २३० जनाको मृत्यु

इजरायली सेनाले गाजाका विभिन्न सात क्षेत्रका बासिन्दालाई आफ्नो घर छाडेर आश्रयस्थलमा शरण लिन आग्रह गरेको छ। 

विश्व समुदायद्वारा इजरायलमाथि हमासको आक्रमणको निन्दा, तत्काल हिंसा रोक्न आह्वान

यूएन, ईयू, अमेरिका, भारत, रुसलगायत देशले हमासले इजरायलमाथि गरेको आक्रमण तत्काल रोकेर बृहत् तथा स्थायी शान्तिका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। इरानले भने हमासको पक्षमा समर्थन जनाएको छ।

हमासको आक्रमणमा २२ जनाको मृत्यु, इजरायलले भने– हामी युद्धमा छौँ

तेल अवीवस्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

इजराइलमा हमासको रकेट हमला, आईडीएफद्वारा युद्धको चेतावनी

हमासले गरेको अप्रत्याशित हमलापछि आईडीएफले जवाफी हमला गरेको छ। मुलुकका दक्षिण–मध्यक्षेत्र तथा गाजाका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

महिलामाथि हुने दमनविरुद्ध गरेको संघर्षका लागि इरानकी अधिकारकर्मी नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरिएको छ।