इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जाे बाइडेनकाे सल्लाहपछि इजरायलले यस्ताे निर्णय गरेको हाे।
बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन् तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने तालिका छ।
गाजा इजिप्टको सीमानामा रहेको रफा बोर्डर हुँदै बाहिरिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाले आक्रमण गर्दा २५ जनाकाे मृत्यु भएको छ।
जापानले सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्ध कायम रहने रुसले जनाएको छ।
विशेष गरी कंगो नदीमा अत्यधिक भार र डुंगाहरूको खराब अवस्था अधिकांश दुर्घटनाहरूको कारण हुने गरेको छ।
इजरायली सेनाको निरन्तरको आक्रमणमा पानीका प्लान्ट तथा पाइपहरूमा क्षति पुग्दा प्यालेस्टायनको गाजा क्षेत्रमा खानेपानीको हाहाकार भइरहेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा हमलाकाे तयारी गरिरहेका आफ्ना सेनाहरूलाई भेटेका छन्। उनले आगामी दिनका लागि सेनाकाे तयारीबारे बुझेकाे बताइएकाे छ।
इजरायलले पनि जवाफी कारबाहीअन्तर्गत लेबनानमा हवाई आक्रमण शुरू गरेको छ।
अफगानिस्तानमा एक हप्ताबीचमा तीन शक्तिशाली भूकम्प भएका छन्। जसमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
इजरायलमा हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३०० पुगेको छ। मृतकमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने एक सयभन्दा बढी विदेशी नागरिक छन्।
इजरायली हमलामा परी गाजामा ७२४ बालबालिकासहित दुई हजार २१५ व्यक्तिको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत महिना उत्तर कोरियाली नेता किम जोङ उनले सम्भावित सैन्य सहयोगबारे छलफल गर्न रुसको भ्रमण गरेका थिए।
संयुक्त राष्ट्रसंघका अनुसार प्रत्येक दिन डेढ सय महिला सुत्केरी भइरहेका छन्। अहिलेको याे कठिन समयमा उनीहरूलाई बच्चा जन्माउनको लागि सुरक्षित स्थान पनि छैन।
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा छ हजार २६८ जना घाइते भएका छन्।
चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा १३० भन्दा बढी मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन्।
इजरायलको आक्रमणमा हमासका अर्थमन्त्री अबु शमाला र वरिष्ठ योजनाकार जकारिया अबु मुअम्मरको मृत्यु भएको छ।
उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष ०.५ प्रतिशतले संकुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ।
अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।
सोमबार पनि गाजा नजिकका क्षेत्रमा इजरायली सेना र प्यालेस्टिन विद्रोही समूह हमासबीच बमबारी चलिरहेको छ।