AnonymousUser

Logout

एआईले प्रतिस्थापन गर्नसक्छ ३० करोड रोजगारी : अध्ययन

एआईले प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत, कानूनी क्षेत्रमा ४४ प्रतिशत, निर्माणमा ६ र मर्मत सम्भारको क्षेत्रमा ४ प्रतिशत प्रभाव पार्ने अध्ययनले औँल्याएको छ।

म्यानमारमा सुचीको पार्टी एनएलडीको दर्ता खारेज

म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले प्रजातन्त्रवादी नेतृ आङ सान सुची नेतृत्वको दल एनएलडीको दर्ता खारेजको घोषणा गरेको छ।

मेक्सिकोको आप्रवासी हिरासत केन्द्रमा आगलागी हुँदा ३९ जनाको मृत्यु

६८ जना आप्रवासीलाई राखिएको सिउडाड वारेज हिरासत केन्द्रमा आगलागी भएको मेक्सिकोको अध्यागमन विभागले जनाएको छ।

जर्मनीले युक्रेनलाई पठायो अत्याधुनिक युद्ध ट्यांक

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले 'लियोपर्ड–२' ट्यांकले रुससँगको युद्धमा युक्रेनलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

शक्तिशाली आणविक हतियार बनाउन किम जोन उनले दिए विज्ञहरूलाई निर्देशन

उत्तर कोरियाली राष्ट्रपति किमले अमेरिका र दक्षिण कोरियाले निम्त्याएको तनाव रोक्न र मुलुकको सुरक्षाका लागि शक्तिशाली आणविक हतियार बनाउनुपर्नेमा जोड दिएका छन्।

अमेरिकाको विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु 

अमेरिकाको टेनेसी राज्यस्थित नासभिल शहरको एक विद्यालयमा २८ वर्षीया महिलाले बालबालिकालाई निशाना बनाएर अन्धाधुन्ध गोली चलाएकी थिइन्। त्यसपछि सुरक्षाकर्मीको उनी पनि मारिएको प्रहरीले जनाएको छ। 

अस्ट्रेलिया र न्युजिल्यान्डमा ७९ लाख ड्राइभिङ लाइसेन्सको तथ्यांक चोरी

साबइर सुरक्षा उद्योगमा दक्ष जनशक्ति अभावका कारण पछिल्ला केही महिनायता अस्ट्रेलियामा साइबर आक्रमणका घटना बढिरहेको विज्ञहरूको भनाइ छ।

चीनको एक विद्यालयमा देखिए ज्याक मा

सन् २०२० मा चीनको आर्थिक नीतिको आलोचना गरेलगत्तै ज्याक मा सार्वजनिक रूपमा देखिएका थिएनन्।

‘राम सेतु’मा पर्खाल निर्माण गरी दर्शन खुला गर्न भारतीय सर्वाेच्च अदालतमा रिट

भारतीय सर्वोच्च अदालतमा अधिवक्ता अशोक पाण्डेले ‘राम सेतु’लाई स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्न सहज हुने गरी पर्खाल निर्माण गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका छन्।

इजरायलमा न्यायिक सुधार योजनाको विरोधमा प्रदर्शन

इजरायलली सरकारले अघि सारेको न्यायिक सुधारसम्बन्धी विद्येयकको विपक्षमा उभिएका रक्षामन्त्री योअव ग्यालेन्टलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बर्खास्त गरेपछि प्रदर्शन चर्किएको छ।

हङकङमा सुरक्षा कानून लागू भएयता पहिलो पटक विरोध प्रदर्शन

चीनले सन् २०२० को जुनमा नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेयता पहिलो पटक हङकङमा सडकमा विरोध प्रदर्शन गरिएको छ।

ट्युनिसियामा आप्रवासी सवार डुंगा डुब्दा १९ जनाको मृत्यु

इटली प्रवेश गर्ने तयारी गरिरहेका आप्रवासीहरू सवार डुंगा ट्युनिसियाको तटीय क्षेत्रमा डुब्दा १९ जनाको मृत्यु भएको छ।

बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति पुटिनको घोषणा

युक्रेनले पश्चिमा राष्ट्रहरूसँग थप सैन्य सहयोगका लागि अपिल गरेलगत्तै रुसी राष्ट्रपति पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका छन्।

अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ जनाको मृत्यु 

आँधी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

अमेरिकाको मिसिसिपीमा आँधीका कारण २३ जनाको मृत्यु, उद्धार जारी

अमेरिकाको मिसिसिपी राज्यमा आँधीबेहरीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी रहेको बताइएको छ।

राहुल गान्धीको लोकसभा सदस्य पद खारेज

गुजरातको सूरतस्थित सेसन कोर्टबाट मानहानिको मुद्दामा दोषी ठहर भएका भारतीय कंग्रे‍सका नेता राहुल गान्धीको लोकसभा सदस्य पद खारेज भएको छ।

हिन्डनबर्गको निशानामा अर्बपति ज्याक डोर्सीको कम्पनी

हिडनबर्गले डोर्सीको कम्पनी ब्लक इंकको सेयर मूल्य वास्तविकभन्दा ७५ प्रतिशत बढी रहेको लगायतका विभिन्न आरोपसहित प्रतिवेदन सार्वजनिक गरेको छ। 

अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर, वित्तीय क्षेत्र मजबुत रहेको दाबी

फेडरल रिजर्वले अमेरिकाको बैंकिङ प्रणाली सहज र मजबुत रहेको दाबी गर्दै फेरि ब्याजदर बढाएसँगै सन् २००७ यताकै उच्च ५ प्रतिशत ब्याजदर कायम भएको छ।

१८ बालबालिकाको मृत्युपछि कफ सिरप निर्माता कम्पनीको लाइसेन्स खारेज

कम्पनीले उत्पादन गरेको कफ सिरपको सेवनबाट उज्बेकिस्तानमा गत डिसेम्बरमा १८ जना बालबालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीको लाइसेन्स खारेज गरिएको छ।

भारतीय नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

गुजरातको सुरतस्थित सेसन अदालतले राहुल गान्धीलाई मानहानीको मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ।