AnonymousUser

Logout

चिनियाँ अदालतद्वारा सरकार विरोधी अभियान चलाउने दुई वकिललाई जेल सजायको फैसला

चीनमा सरकार विरोधी ‘न्यु सिटिजन्स मुभमेन्ट’ चलाउने दुई वकिललाई शान्दोङ प्रान्तस्थित एक अदालतले जेल सजाय सुनाएको छ। उनीहरूलाई बन्दी बनाएको दुई वर्षपछि जेल सजाय सुनाइएको हो।

साउदी र हुथी समूहबीच वार्ता, यमनमा युद्ध विरामको आशा

साउदी अरब र विद्रोही हुथी समूह बीचको वार्तालाई यमनमा जारी वर्षौँदेखिको युद्ध अन्त्यको संकेतका रूपमा लिइएको छ।

इजरायलले बढायो सिरियालक्षित आक्रमण

राजधानी दमासकसनजिकै समेत विस्फोटका आवाज सुनिएको सिरियाली समाचार माध्यमहरूले उल्लेख गरेका छन्।

साईले अमेरिकी सभामुखलाई भेटेपछि चीनले गर्‍यो ताइवानलाई घेरा हाल्दै सैन्य अभ्यास

अमेरिका नजान र त्यहाँ कुनै पनि नेतालाई नभेट्न चीनले दिएको धम्कीका बावजुद ताइवानी राष्ट्रपति साईले अमेरिकी सभामुख म्याकर्थीसहित केही नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।

सीले रुस–युक्रेन युद्ध रोक्ने सार्थक पहल गर्न सक्छन्?

युक्रेन–रुस द्वन्द्व रोक्न चीनको महत्त्वपूर्ण भूमिका रहेको र मस्कोमाथि आफ्नो प्रभावको प्रयोग गर्न फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चिनियाँसमकक्षी सीलाई आग्रह गरे, तर सीले स्पष्ट प्रतिक्रिया दिएनन्।

सेना र सशस्त्र समूहबीच द्वन्द्व चर्किएपछि थाइल्यान्ड शरण लिन पुगे म्यानमारका हजारौँ नागरिक

सरकारी पक्ष र विद्रोही समूहबीच हिंसा भड्किएपछि बुधबारयता करिब १० हजार म्यानमारका नागरिक छिमेकी मुलुक थाइल्यान्डमा शरण लिन पुगेको बताइएको छ।

भारतमा एकैदिन १४ कोभिड संक्रमितको मृत्यु, केन्द्र र राज्य सरकारको समीक्षा बैठक बस्दै

भारतमा कोरोना संक्रमितको संख्या एकै सातामा करिब दोब्बर देखिएको छ। मार्चको तुलनामा अप्रिलमा कोरोना संक्रमण बढेको बताइएको छ।

२ अमेरिकी संगठनमाथि चीनको प्रतिबन्ध

ताइवानी राष्ट्रपति साई इङ वेन अमेरिकाको भ्रमणमा जाँदा उनको स्वागत र व्यवस्थापन गरेका थिंक ट्याक हडसन इन्स्टिच्युट र रोनाल्ड रेगन प्रेसिडेन्सियलमाथि चीनले प्रतिबन्ध लगाएको छ। 

रुस–युक्रेन युद्ध रोक्न चीनले पहल गरोस् : फ्रान्सेली राष्ट्रपति म्याक्रों

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनमाथि जारी रुसी युद्ध रोक्नका लागि आफ्नो प्रभावको प्रयोग गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आग्रह गरेका छन्।

चीनमा इरान र साउदीका विदेशमन्त्रीबीच उच्चस्तरीय वार्ता, दूतावास खोल्ने सहमति

चीनमा भएको उच्चस्तरीय वार्तामा इरान र साउदीका विदेशमन्त्रीबीच पुनः दूतावास र कन्सुलर कार्यालय खोल्ने सहमति भएको छ।

ताइवानी राष्ट्रपतिले अमेरिका भ्रमण गरेपछि चीन रुष्ट, सीमामा थाल्यो सैन्य अभ्यास 

ताइवान र अमेरिकाको निकटताले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ। 

राष्ट्रसंघमा काम नगर्न अफगानिस्तानका महिला कर्मचारीलाई तालिवानको निर्देशन

तालिवानले लिखित पत्राचार नगरी मौखिक रूपमा सूचना जारी गर्दै अफगानी महिलाहरूलाई संगठनमा काम नगर्न निर्देशन दिएको राष्ट्र संघले जनाएको छ।

भारतको सर्वोच्च अदालतले दियो भर्चुअल माध्यमबाट बहस गर्ने छुट

कोरोना संक्रमण बढ्न थालेपछि सावधानी अपनाउन भन्दै सर्वोच्च अदालतले वकिलहरूलाई भर्चुअल बहस गर्ने स्वतन्त्रता दिएको छ।

भारतमा ट्विटरले मोदी सरकारका आलोचकहरूको अकाउन्ट बन्द गरेको आरोप

ट्विटरले क्यानडियन राजनीतिक नेता जगमित सिंह, क्यानेडियन कवि रूपी कौर, कतिपय भारतीय पत्रकार र सांसदहरूसहित १२० जनभन्दा बढीको ट्विटर अकाउन्ट ब्लक गरेको छ।

ट्रम्पको अर्को सुनुवाइ ८ महिनापछि, के भयो अदालतमा?

अदालतबाट छुटेपछि ट्रम्प सिधै फ्लोरिडास्थित निवास मार ए लागो गएका थिए। त्यहाँ शुभचिन्तक र पत्रकारसँग ट्रम्पले आफूमाथि मुद्दा लगाउने सरकारी वकिल अल्भिन ब्रागप्रति कटाक्ष गरेका थिए।

पोर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएको आरोपमा डोनाल्ड ट्रम्प पक्राउ 

ट्रम्प कुनै पनि फौजदारी अभियोग लाग्ने अमेरिकाका पहिलो पूर्वराष्ट्रपति बनेका छन्। उनीविरूद्ध कुन–कुन मुद्दा चल्नेछन् भन्ने विषय भने सार्वजनिक गरिएको छैन। 

युकेमा बालबालिकाको तथ्यांक दुरुपयोगमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना

बालबालिकाको तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको भन्दै युकेमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना गरिएको छ।

अदालतमा हाजिर हुन ट्रम्प न्युयोर्क पुगे

अदालतमा उपस्थित हुनुअघि ट्रम्पको औँठाछाप लिने, तस्वीर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ।

नेटोको ३१औँ सदस्य बन्दै फिनल्यान्ड

नेटो महासचिव जेन्स स्टोल्टनबर्गले स्वीडेनलाई पनि जुलाईअघि नै पूर्ण सदस्यका रूपमा स्वागत गर्ने बताएका छन्। ब्रसेल्समा मंगलबार र बुधबार नेटो सदस्य राष्ट्रका विदेश मामिला मन्त्रीहरूको बैठक बस्दैछ। 

मलेसियामा मृत्युदण्डको सजाय अनिवार्य नहुने

मलेसियाको तल्लो सदनबाट मृत्युदण्डको विकल्पमा आजीवन कारावासको सजाय दिने गरी विधेयक पारित भएको छ।