एक दशकभन्दा लामो समयदेखि सिरियामा गृहयुद्ध चलिरहेको छ। अहिले तत्कालै कुनै पनि विद्रोही समूहले हमलाको जिम्मा लिएका छैनन्।
कुपियान्स्क शहरबाट आक्रमण भएको स्थान ३० किलोमिटर दूरीमा छ। जहाँ युक्रेनले युद्धका क्रममा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ।
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसले पाउने भएका छन्।
राङ्पो र आसपासका क्षेत्रका छ हजारभन्दा बढी बाढी प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको सिक्किम सरकारले जनाएको छ।
भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन उपत्यकामा बुधबार बिहान एक्कासि बाढी आएको थियो।
डेमोक्र्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि सभामुख म्याकार्थीप्रति आफ्नै दलभित्र असन्तुष्टि बढेको थियो।
अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ।
यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको एमआरएनए खोप विकासमा संलग्न दुई वैज्ञानिकले प्राप्त गरेका छन्।
सार्वजनिक यातायातमा चढ्न मान्छेहरू डराउन थालेका छन्। उडुसको संक्रमण हुने डरले यात्रुहरू सिटमा नबसेर उभिएरै यात्रा गर्न थालेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार त्यहाँ नामकरण संस्कार भइरहेको थियो।
मानिसहरूले भरिएका क्लबमा आगलागी भएका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
भारत सरकारको असहयोग र अपमानजनक व्यवहारका कारण दूतावास बन्द गर्न लागिएको अफगानिस्तानले जनाएको छ।
बाढीका कारण न्युयोर्क शहरका सबैजसो सबवे प्रणाली, सडक र राजमार्ग डुबानमा परेका छन्।
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएकाहरूलाई लक्ष्य गरी विस्फोट गराइएको बताउँदै गृह मन्त्रालयले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
आप्रवासीका लागि २६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो मेक्सिको हुँदै अमेरिका पुग्ने प्रमुख करिडोर बनेको छ।
प्रहरीका अनुसार बन्दुरधारीले पहिले एउटा घरमा आगजनी गरेका थिए। त्यसपछि शहरको मध्यभागमा रहेको मेडिकल सेन्टरमा आक्रमण गरेका थिए।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
सम्मान गरिएका व्यक्ति दोस्रो विश्वयुद्धमा नाजी पार्टीको अभिन्न अंग एसएस (स्कुत्जस्टाफेल)का तर्फबाट सहभागी भएको तथ्य यहुदी मानवअधिकार सम्बन्धी समूहहरूले बाहिर ल्याएका थिए।
आगलागी भएपछि कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
गत जुनमा फ्रान्सको राज्य परिषद्ले आगामी पेरिस ओलम्पिकमा आफ्ना खेलाडीलाई मुस्लिम पाेसाक 'हिजाब' लगाउन नदिने निर्णय गरेकाे थियाे।