अक्टोबर १ बाट शुरू भएको ‘शटडाउन’ले करिब १० लाख संघीय कर्मचारी बेतलबी बने र सरकारले विभिन्न सेवा तथा सुविधा निलम्बित गर्यो। हालै हवाई यातायातमा दैनिक एक हजारभन्दा बढी उडान रद्द हुँदा सरकारमाथि राजनीतिक दबाब बढेको थियो।
नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै कारमा विस्फोट हुँदा आठ जनाको मृत्यु र सात जना घाइते भएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विस्तृत वैज्ञानिक समीक्षाले गर्भावस्थामा प्यारासिटामोल सेवन र शिशुमा अटिजम वा एडीएचडीबीच कुनै सम्बन्ध नभएको निष्कर्ष निकाल्दै अमेरिकी नेताहरूका दाबीहरूलाई खण्डन गरेको छ।
विज्ञहरूका अनुसार उडान रद्द हुने दर बढ्दै गए आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति अझ भयावह बन्न सक्छ। यसको असर हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि पर्नेछ। पर्यटन क्षेत्रमा भने नकारात्मक प्रभाव देखिन थालिसकेको छ।
जापान मौसम विज्ञान एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
पश्चिमी गुजरात राज्यमा अवस्थित यो विशाल चिडियाखानालाई आधिकारिक रूपमा हरित प्राणीशास्त्रीय उद्धार तथा पुनर्वास केन्द्रका रूपमा चिनिन्छ।
हाल अमेरिकामा करिब चार प्रतिशत उडान कटौती गरिएका छन्। यातायातमन्त्री सेन डफीका अनुसार ‘शटडाउन’ लामो समयसम्म रहिरह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ।
धेरै सदस्य राष्ट्रहरूमा ड्रोन आक्रमण र आगजनीका शंकास्पद घटनाहरू बढेपछि ईयूले त्यसलाई रुसी 'हाइब्रिड युद्ध'को खतरा मान्दै भिसा प्रतिबन्धको उपाय अपनाएको छ।
यो तलब प्याकेजले मस्कलाई दीर्घकालीन रूपमा टेस्लासँग बाँधिराख्ने अपेक्षा गरिएको छ। तर कम्पनीको भविष्य बजारको प्रवृत्ति, प्राविधिक नवप्रवर्तन र विश्वव्यापी आर्थिक स्थिरतामा निर्भर रहनेछ।
वायु प्रदूषणका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै चिकित्सकहरूले दिल्लीवासीलाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नहुन सल्लाह दिएका छन्।
प्रहरी प्रवक्ता एएचएम शहादत हुसेनले अझै एक हजार ३०० भन्दा बढी हतियार हराइरहेको जानकारी दिएका छन्।
भारतमा रेल मार्गमार्फत दैनिक करिब एक करोड २० लाखभन्दा बढी यात्रु ६४ हजार किलोमिटर लामो ट्र्याक सञ्जालमा यात्रा गर्छन्।
३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढीको इतिहासमा न्युयोर्क शहरका सबैभन्दा कान्छो तथा पहिलो मुस्लिम मेयर बन्न सफल भएका छन्।
राष्ट्रपति लीका अनुसार आगामी वर्षको एआई बजेटमध्ये २६ खर्ब वोन उद्योग, दैनन्दिन जीवन र सार्वजनिक क्षेत्रमा एआई प्रविधिको विस्तारमा खर्च गरिनेछ भने ७५ खर्ब वोन प्रतिभा विकास र पूर्वाधार निर्माणमा लगानी हुनेछ।
पेरुले आफ्नो सार्वभौम अधिकारको सम्मान गर्न पटक–पटक आग्रह गर्दा पनि मेक्सिकोले आफ्नो गैरकूटनीतिक व्यवहार परिवर्तन नगरेको आरोप लगाएको छ।
पूर्वी समरका गभर्नरका अनुसार गुयुआन, मर्सिडिज र साल्सेडोका तटीय शहरका ७० हजारभन्दा बढी नागरिकलाई सुरक्षित निकासी केन्द्रहरू, बलियो कंक्रिट घर वा सामुदायिक भवनहरूमा सारिएको छ।
सोमबार बिहान देशको उत्तरी भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो। त्यस क्षेत्रमा लगभग पाँच लाख २३ हजार जनसंख्या छ।
दक्षिण कोरियाको संविधानले उत्तर कोरियाली नागरिकलाई समेत कोरियाली नागरिकका रूपमा मान्यता दिएकाले सियोलले युक्रेनमा पक्राउ परेका उत्तर कोरियाली सैनिकमा पनि यो अधिकार लागू हुने स्पष्ट पारेको छ।
दक्षिणी भारतको आन्ध्र प्रदेशको कासीबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
खडेरीका कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका करिब ७० प्रतिशत गाईबस्तु मरेपछि स्थानीय पशुपालकमा कुपोषणको समस्या देखियो। यसको समाधानका लागि सम्बुरु काउन्टीका अधिकारीले उँटपालन कार्यक्रम थालेका हुन्।