विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान शाखा आईएआरसीले कृत्रिम गुलियोमध्ये ‘एस्पार्टेम’लाई क्यान्सरकारक सूचीमा राख्ने तयारी गरेको छ।
पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको र त्यसमा नेपाली रहेको बताइएको छ। मृतक नेपाली सुरक्षा गार्डको नाम र ठेगाना खुलेको छैन।
पुटिनले आफ्नो वर्चस्व कायम राख्ने र कुनै एउटा समूहलाई अधिक शक्तिशाली हुन नदिने रणनीति अनुरूप 'पालेको' यो प्रतिस्पर्धात्मक अन्तर्द्वन्द्व आखिर उनकै लागि घातक/प्रतिकूल सिद्ध भयो।
मस्कोको सेना र रुसमा विद्रोह गर्ने वाग्नर समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बेलारुसका शक्तिशाली नेता लुकाशेन्कोले दाबी गरेका छन्।
दुई मिनट लामो अडियोमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले ‘यी तिनै कागजात हुन्’ भन्दै अमेरिकी रक्षा संयन्त्रको मुख्यालय पेन्टागनको अति–गोप्य योजनाबारे आफ्ना सहयोगीमाझ चर्चा गरेको सुनिन्छ।
सोमबार शुरू भएको वार्ताले आसियान देशमा विशेष ध्यानकेन्द्रित गर्दै प्रमुख र उदीयमान अर्थतन्त्रसँग आर्थिक सम्बन्ध सुदृढ बनाउने अपेक्षा छ।
कोरियन युद्ध भएको ७३औँ वर्षगाँठ मनाउन उत्तर कोरियाले निकालेको जुलुसमा अमेरिकालाई ‘साम्राज्यवादी’ भन्दै युद्धको धम्की पनि दिइएको छ।
रुसको निजी सैनिक समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले नेतृत्व गरेको सशस्त्र विद्रोह शुरु भएको ४८ घण्टाभित्रै 'फिर्ता' भएको छ। प्रिगोजिन रुस छाडेर छिमेकी देश बेलारुसतर्फ लागेका छन्।
अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी लगानी बढाउने घोषणा गरेका हुन्।
वाग्नर प्राइभेट मिलिटरी कन्ट्र्याक्टरका प्रमुख प्रिगोजिनले शनिबार बिहान आफूसहित आफ्ना सेनाहरू युक्रेनबाट फर्किएर रुसको प्रमुख शहर रोस्टोभ-अन-डनमा पुगेको बताएका छन्।
गत वर्षदेखि ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य आधारको सुरक्षामा रुसी नौसेनाले ठूलो लगानी गरेको बेलायती गुप्तचर सेवाले जनाएको छ। सोही स्थानमा डल्फिनलाई तालिम दिइरहेकाे दाबी गरेको छ।
पाकिस्तानका अर्थमन्त्री इशाक डारको अध्यक्षतामा बसेको बैठकले कराँची पोर्ट ट्रस्ट र यूएई सरकारबीच व्यापारिक सम्झौताका लागि वार्ता गर्न समिति गठन गरेको छ।
अमेरिकी तटरक्षकका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
राष्ट्रव्यापी सर्वेक्षणले ३२.८ प्रतिशत उत्तरदातामध्ये ३०.१ प्रतिशत पुरुष र ३५.७ प्रतिशत महिला यौनिकताबाट पीडित रहेको देखाएको छ।
चीनको उत्तरपश्चिमी शहर निङ्जियास्थित एक रेस्टुरेन्टमा ग्यास ट्यांकीको भल्भ बदल्ने क्रममा विस्फोट भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।
दुई प्रतिद्वन्द्वी समूहबीच हिंसा भड्किँदा एउटा समूहले जेलको सेलमा आगो लगाइदिएपछि अधिकांशको जलेर मृत्यु भएको छ। कतिपयलाई भने गोली लागेको छ र केहीलाई छुरासमेत हानिएको छ।
टुर कम्पनी ओसियनगेटको पनडुब्बीमा बेलायत र पाकिस्तानका पाँच जना धनाढ्य सवार छन्। पनडुब्बीको खोजीका लागि अन्तर्राष्ट्रिय विमान र जहाजहरू प्रयोग गरिएको 'यूएस कोस्ट गार्ड'ले जनाएको छ।
युरोपले अन्य ऊर्जा आपूर्तिकर्ताहरूको खोजी गर्दा मस्कोले चीनसहित वैकल्पिक बजारको खोजी गर्दै एशियाली मुलुकसँगको व्यापारलाई महत्त्व दिएको छ।
सिरियाका सडकमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा बम विस्फोट भइरहेको छ। बम इस्लामिक स्टेट (आईएस) लडाकुले राखेको आशंका गरिए पनि पुष्टि भइसकेको छैन।