AnonymousUser

Logout

स्पेनी विद्वत् समूहका विज्ञ भन्छन्– युरोपको शान्तिका लागि नेटो बाधक हो

स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले नाटोको निरन्तर अस्तित्वको अर्थ युरोपमा दिगो शान्ति बहालीका निम्ति बाधक भएको बताए। 

श्रीलंकाले खर्चालु पर्यटक आकर्षित गर्न आन्तरिक हवाई सञ्जालको विकास गर्ने

श्रीलंकाले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई यातायात सञ्जालको विकास गर्ने भएको छ।

राहुल गान्धीको पुनरावेदन खारेज

उच्च अदालतका न्यायाधीश हेमन्त एम प्रचकको इजलासले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै गान्धीको पुनरावेदन निवेदन खारेज गरिएको छ।

पाकिस्तानको लाहोरमा बाढी: १७ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

बुधबार र बिहीबारको वर्षाका कारण लाहोरको शहरी क्षेत्रमा बाढी आएको छ। अधिकांश सडक र ‘अन्डरपास’ डुबानमा परेकाले आवागमनमा गम्भीर अवरोध उत्पन्न भएकाे छ। 

वाग्नर प्रमुख येवगेनी प्रिगोजिन अझै रुसमै छन् : बेलारुसी राष्ट्रपति

क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारुस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले आफ्नो देशमा शिविर स्थापना नगरेको बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बताएका छन्।

जर्मनीमा आईएसबाट प्रेरित भई आक्रमणको योजना बनाएको आरोपमा ७ जना पक्राउ

जर्मन प्रहरीले आईएस समूहबाट प्रेरित भई जर्मनीमा आतंकवादी हमलाको योजना बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ।

‘ट्विटर किलर’ भनिएको मेटाको माइक्रो ब्लगिङ एप ‘थ्रेड्स’ शुरू

झट्ट हेर्दा थ्रेड्स धेरै हिसाबमा ट्विटर समान देखिन्छ। प्रयोगकर्ताले सन्देशहरू स्क्रोलिङ फिडमा पोस्ट गर्न सक्छन्, जहाँ उनीहरूलाई फलो गर्ने र उनीहरूले फलो गर्ने व्यक्तिले जवाफ दिन सक्छन्।

खाद्य पदार्थ खेर फाल्ने प्रवृत्ति घटाउन ईयूको जोड, बाध्यकारी योजना लागू गर्ने

ईयूका सदस्य राष्ट्र र युरोपेली संसद्ले छलफल गर्ने यो प्रस्ताव वातावरणलाई मजबुत बनाउन भएको ‘ग्रीन डिल’ अभियानको एक हिस्सा हो।

दक्षिणपश्चिम चीनमा बाढी, १५ जनाको मृत्यु

दक्षिणपश्चिम चीनको चोङकिङमा बाढीका कारण ८५ हजार मानिस विस्थापित भएका छन्। 

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, २ घाइते

गोली चलाए लगत्तै बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ। तर, गोली चलाउनुको कारण भने खुलेको छैन।

चिनियाँ रक्षामन्त्री र रुसी नौसेना प्रमुखबीच भेट, क्षेत्रीय शान्ति र स्थिरता कायम गर्नेबारे छलफल

दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, नौसेना सञ्चारलाई सुदृढ गर्ने र व्यावसायिक क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।

किशोर हत्यापछि तरंगित फ्रान्स, ट्राफिकलाई दिइएको गोली हान्ने अधिकारमाथि प्रश्न

फ्रान्समा नाहेल मेर्जोकलाई ट्राफिकको चेक-पोइन्टमा गाडी नरोकेका कारण गोली हानी हत्या गरिएपछि सन् २०१७ मा ट्राफिकलाई बन्दुक प्रयोगको अनुमति दिन परिवर्तन गरिएको दण्डसंहितामाथि प्रश्न उठाइएको छ।

स्टकहोममा कुरान जलाइएपछि मुस्लिम राष्ट्रहरू रुष्ट, स्वीडेन सरकारले भन्यो–स्लामोफोबिक कार्य

धेरै वर्षअघि भागेर स्वीडेन आएकी ३७ वर्षीय इराकी साल्वान मोमिकाले कुरानका पाना च्यातेर केही पेज जलाएकी थिइन्। यो घटनापछि इरानलगायत केही देशमा स्वीडेनविरोधी प्रदर्शन भएका छन्।

यूएईले ‘अन्यायपूर्ण तरिका’ले जेलमा राखेका आलोचकलाई रिहा गर्नुपर्छ : एम्नेस्टी

एम्नेस्टीले ‘अन्यायपूर्ण तरिका’ले थुनामा राखिएका ६० जना नागरिकलाई तत्काल रिहा नगरे कोप–२८ को बैठक ‘दमनले कलंकित’ हुने चेतावनी दिएको छ।

देशमा प्रदर्शन चर्किँदै गएपछि फ्रान्सका राष्ट्रपतिले स्थगित गरे जर्मनी भ्रमण 

राष्ट्रपति म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन तथा ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो।

भारतको महाराष्ट्रमा गुडिरहेका बसमा आगलागी, २५ यात्रुको मृत्यु

बस दुर्घटनामा बाँचेका आठ जनालाई नजिकैको अस्पतालमा लगिएको र उनीहरू सकुशल रहेको प्रहरीले जनाएको छ।

बुर्किना फासोमा विद्रोही आक्रमण, ३९ सैनिकसहित ८० जनाको मृत्यु

बुर्किना फासोमा सन् २०१५ यता १० हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको छ। 

बेलायतले स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा रोजगारी अभियान चलाउने

पछिल्लो योजनाले सन् २०३७ सम्ममा एनएचएसमा थप ६० हजार चिकित्सक, एक लाख ७० हजार नर्स र ७१ हजार स्वास्थ्यकर्मी थप गर्ने सरकारको अनुमान छ।

हुथी विद्रोहीद्वारा युद्धको चेतावनी, वार्ताका क्रममा सरकारले बेइमानी गरेको आरोप

सन् २०२२ अप्रिल २ देखि युद्धविराम गर्ने सहमति भएपछि करिब एक वर्ष छिटफुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन्।

फ्रान्समा चर्किएको हिंसात्मक प्रदर्शन रोक्न ४० हजार सुरक्षाकर्मी खटाइँदै

फ्रान्सको राजधानी पेरिसमा सवारी चालक रहेका १७ वर्षीय किशोरको प्रहरीले गोली हानी हत्याको घटनापछि एक दर्जनभन्दा बढी शहरमा रातभर हिंसात्मक आन्दोलन चर्किएको थियो।