AnonymousUser

Logout

साउदीले ल्यायो ६३ अर्ब डलरको पर्यटन केन्द्रित ‘गिगा परियोजना’

सन् २०२२ मा चार करोड ६० लाख पर्यटक भित्र्याएको साउदीले सन् २०३० भित्र  वार्षिक १० करोड पर्यटक भित्र्याउने लक्ष्यसहितको बृहत् र खर्चिलो परियोजना अघि सारेको छ। 

रुसले युक्रेनसँगको युद्ध कहिल्यै जित्दैन : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनसँगको युद्ध कहिले पनि जित्न नसक्ने दाबी गरेका छन्।

आम आदमी पार्टीकी शेली ओबरोय दिल्लीको मेयरमा निर्वाचित

आम आदमीकी ओबरोयको पक्षमा १५० र बिजेपीकी उम्मेदवार रेखा गुप्ताले ११६ मत प्राप्त गरेकी छन्।

दक्षिण कोरियाको एक अदालतद्वारा समलिंगी विवाहलाई मान्यता

दक्षिण कोरियाको राजधानी सोलस्थित एक उच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिने र उनीहरूको अधिकार सुरक्षित गर्न आदेश सुनाएको छ।

पश्चिमाहरूले रुसविरुद्ध आतंकवादी वा नाजी प्रयोग गर्न सक्छन् : पुटिन

पुटिनले युक्रेनी जनता ‘पश्चिमाहरूको बन्धक’ भएको आरोप लगाए। उनले अमेरिकासहित पश्चिमा राष्ट्रहरूले द्वन्द्व थप लम्बाउन युक्रेनलाई उक्साइरहेको तर्क गरे।

श्रीलंकापछि संकटको बाटोमा पाकिस्तान: नेपालले के पाठ सिक्ने?

आर्थिक संकट खेपिरहेका जनता पाकिस्तान पहिलाजस्तै भैदिए हुन्थ्यो भन्ने चाहन्छन्। धेरैजना पहिलाको पाकिस्तान सम्झन्छन्। तर अहिले महँगी यति बढेको छ कि, दैनिकी कठिन बनेको छ। बजारमा किनमेल प्राय: शून्य छ।

चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ रुसमा

अमेरिकी राष्ट्रपतिको आकस्मिक युक्रेन भ्रमणको एकदिन पछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला निर्देशक वाङ यी रुस पुगेका छन्।

चीन–रुसको मित्रता नेटोको टाउको दुखाइ, चीनको भूमिकाले युक्रेन संकट लम्बिने चिन्ता

म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ विदेश नीति सल्लाहकार वाङ यीले दिएको अभिव्यक्तिले अमेरिका तथा युरोपेली देश सशंकित देखिएका छन्।

युक्रेनको आकस्मिक भ्रमण गरेका बाइडेनको अन्तिमसम्म साथ दिने प्रतिबद्धता

किभ भ्रमणका क्रममा बाइडेनले जेलेन्स्कीसँगै मिखाइलोभ्स्की स्क्वायर, मरिन्स्की दरबार र युक्रेनी राष्ट्रपतिको सरकारी आवासीय क्षेत्रको भ्रमण गरेको बताइएको छ।

ब्राजिलमा भीषण वर्षासँगै आएको बाढीबाट ३६ जनाको मृत्यु

ब्राजिलमा वर्षासँगै आएको बाढीमा परी ३६ जनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बनेको छ।

उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिका-दक्षिण कोरियाको संयुक्त हवाई अभ्यास

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त हवाई अभ्यास गरेका छन्।

टर्की भूकम्प : मृतक संख्या ४६ हजार नाघ्यो, संक्रमण फैलिन सक्ने चेतावनी

भूकम्प प्रभावित क्षेत्रमा ढल तथा फोहोर व्यवस्थापनका हजारौँ संरचना क्षतिग्रस्त भएकाले संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्यकर्मी र विज्ञहरूले चेतावनी दिएका छन्।

इजरायली आक्रमणमा परी सिरियामा पाँच जनाको मृत्यु

सिरियाको दमासकसमा भएको हवाई आक्रमणमा परी सैनिक अधिकारीसहित ५ जनाको मृत्यु भएको छ।

ताइवान मामिलापछि 'बेलुन घटना'ले बढायो चीन–अमेरिकाबीच तनाव

'बेलुन घटना'पछि चीन-अमेरिका सम्बन्ध थप चिसिएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले यही घटनाबारे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कुराकानी गर्ने भएका छन्।

इजरायलले पारित गर्‍यो मुस्लिमको नागरिकता खारेज गर्न सक्ने विवादित विधेयक

नयाँ विधेयकले कुनै पनि मुस्लिम नागरिकको नागरिकता तथा बसोबास खारेज गरी वेस्ट ब्यांक वा गाजा स्ट्रिपमा डिपोर्ट गर्ने छुट सरकारलाई दिने बताइएको छ।

राष्ट्रसंघद्वारा युक्रेनी नागरिकका लागि ५ अर्ब ६० करोड डलर सहयोगको अपिल 

युक्रेनको युद्धग्रस्त क्षेत्रमा रहेका एक करोड १० लाख जना र भागेर अन्य मुलुक पुगेका युक्रेनी नागरिकका लागि राष्ट्रसंघले सहयोगको अपिल गरेको छ।

इन्स्टाग्राममा युद्धविरोधी स्टोरी राख्ने रुसी महिला पक्राउ, १० वर्ष जेल सजाय हुनसक्ने 

रुसमा युद्धको विरोध गर्नेलाई सामाजिक बहिस्कार गर्न थालिएको छ। विद्यार्थी, शिक्षक र कामदारले सहकर्मीको पोल खोल्ने र पक्राउ गर्न सघाउने गरेका छन्।

हत्या आरोपमा २८ वर्ष जेल बसेपछि निर्दोष ठहर 

अमेरिकी नागरिक लमार जोन्सन २८ वर्ष जेल जीवन बिताएपछि निर्दोष साबित भएका छन्।

अडानी ग्रुपले सार्वजनिक गर्‍यो उल्लेख्य नाफा बढेको रिपोर्ट

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको कूल नाफा ८२० करोड भारतीय रुपैयाँ रहेको छ।