AnonymousUser

Logout

मोदीबारे डकुमेन्ट्री प्रसारणपछि भारतस्थित बीबीसीका कार्यालयमा आयकर विभागको छापा

मोदीबारे डकुमेन्ट्री प्रसारण गरेपछि भारतीय आयकर विभागले बीबीसीका कार्यालयमा छापा मारेको छ।

ट्विटरका विज्ञापनदाता घट्दै, मस्क भन्छन्– कम्पनी टाट पल्टिन दिँदैनौँ

ट्विटरका प्रमुख एक हजार विज्ञापनको राजस्व पछिल्लो ३ महिनामा ६५ प्रतिशतमा सीमित भएको पाइएको छ।

ट्विटरका विज्ञापनदाता घट्दै, कम्पनी टाट पल्टिन नदिने मस्कको भनाइ

सेप्टेम्बर र अक्टोबरमा मात्रै ३० वटा ठूला विज्ञापनदाताले ट्विटरमा खर्च कटौती गरे भने अक्टोबरमा ६२ दशमलव ५ मिलियन डलर खर्चिएका विज्ञापनदाताले जनवरीको अन्त्यतीर १५ मिलियन डलर मात्रै खर्च गरे।

टर्की–सिरिया भूकम्प : १७५ घण्टापछि एक महिलाको जीवितै उद्धार

भत्किएका संरचनामा पुरिएकी नाइडे उमाय नामकी महिलालाई भूकम्प गएको एक सातापछि उद्धार गरिएको छ।

टर्की, सिरिया भूकम्प : ३६ हजारभन्दा बढीको मृत्यु, १७५ घन्टापछि जिवितै भेटिइन् एक महिला

टर्की र सिरियामा गत साता गएको शक्तिशाली भूकम्पमा पनि हालसम्म ३६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। टर्कीमा मात्रै मृत्यु हुनेको संख्या ३२ हजार नाघेको त्यहाँको विपद् व्यवस्थापन विभागले जनाएको छ।भूकम्पले भत्काएका संरचनामा पुरिएका अझै सयौँ मानिस हराइरहेका छन्। खोजी र उद्…

रिहानाले जलवायु परिवर्तनको संकट समाधानका लागि डेढ करोड डलर सहयोग गर्ने

जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने १८ वटा संघ–संस्थालाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने गायिका रिहानाको प्रतिबद्धता छ।

महिलालाई अन्तरिक्षमा पठाउँदै साउदी अरब

साउदी अरबले महिला अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजना अघि सारेको छ।

साइक्लोनका कारण न्युजिल्यान्डमा आपतकाल घोषणा

न्युजिल्यान्डमा सामुद्रिक आँधीका कारण हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने जनजीवन कष्टकर बनेको छ।

अमेरिका र क्यानडाका सेनाले क्षेप्यास्त्र प्रहार गरी खसाले अर्को शंकास्पद वस्तु

अमेरिका र क्यानडाको आकाशमा ४० हजार फिटको उचाइमा उडिरहेकाे सानो सिलिन्डरजस्तो आकारको संदिग्ध वस्तुलाई शनिबार क्षेप्यास्त्र प्रयोग गरी खसालिएको छ।

टर्की भूकम्पको सातौँ दिन : मृतकको संख्या २८ हजार पुग्यो, लुटपाट र असुरक्षा बढ्यो

टर्की–सिरिया भूकम्प प्रभावित क्षेत्रमा लुटपाट र अपहरणका घटना बढेका छन् भने केही स्थानमा अज्ञात समूहहरूबीच झडप  भएपछि उद्धार कार्य रोकिएको छ।

टर्की भूकम्प: २२ हजारभन्दा बढीको  मृत्यु

विश्व स्वास्थ्य संगठनले टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जान सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

टर्कीको भूकम्प प्रभावित क्षेत्रमा जनजीवन कष्टकर, मृतकको संख्या बढेको बढ्यै

अधिकांश भूकम्पपीडितले खानेपानी, इन्धन र विद्युत् आपूर्तिको चरम संकटका कारण घरबाहिरै कष्टपूर्ण जीवन बिताइरहेकाले तत्काल सहयोगको खाँचो परेकाे विश्व स्वास्थ्य संगठनको भनाइ छ।

७ हजार कर्मचारी कटौती गर्दै ‘डिज्नी’

अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘डिज्नी’ले धेरै कमाई गरिरहेको छ। तर डिज्नी प्लसका सब्स्क्राइबर्सको संख्या घटेकाले नयाँ आर्थिक योजनाअनुरूप कर्मचारी कटौती गर्न लागेको बताइएको छ।

पुटिनले एमएच१७ विमान खसाल्न प्रयोग गरिएको मिसाइल 'आपूर्ति' गरे : अनुसन्धानकर्ता

अभियोजनकर्ताहरूले पुटिनले मस्को समर्थित पृथकतावादीहरूलाई मिसाइल उपलब्ध गराउने निर्णय गरेको प्रमाण फेला पारेको बताएका छन्।

टर्कीको भूकम्पमा ११ हजारले गुमाए ज्यान

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेका छन्। मौसम प्रतिकूल बन्दा उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।

शताब्दीको अन्त्यसम्ममा विश्वका आधा हिमनदी लोप हुने वैज्ञानिकहरूको चेतावनी

नेपाल, पाकिस्तान, कजाकस्तानसहित एशियाका उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने जोखिम बढेको र हिमताल फुट्दा यस क्षेत्रका मानिस प्रत्यक्ष जोखिममा पर्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ।

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ७ हजार ९ सय नाघ्यो 

भूकम्प प्रभावित क्षेत्रमा हिउँसहित पानी परिरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बीबीसीले जनाएको छ। 

टर्की र सिरिया भूकम्प : मृतकको संख्या ५ हजार नाघ्यो, मौसम प्रतिकूल बन्दा उद्धारमा कठिनाइ

भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो र निरन्तरको वर्षाले जनजीवन थप कष्टकर बनेको सरकारी अधिकारीहरूले बताएका छन्। 

विमान निर्माता कम्पनी बोइङले वित्तीय विभागका २ हजार कर्मचारी हटाउँदै

विमान निर्माता कम्पनी बोइङले वित्तीय र मानव संशाधन क्षेत्रका २ हजार कर्मचारी कटौती गर्ने कम्पनीले जनाएको छ।

टर्की र सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या ४३ सय नाघ्यो

भूकम्पमा परेर मंगलबार बिहानसम्म टर्कीमा दुई हजार ९२१ र सिरियामा एक हजार ४४४ जनाले ज्यान गुमाएको पुष्टी भएको द गार्जियनले जनाएको छ।