मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ।
भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। तीमध्ये तीन वर्षीया बालिका र १९ वर्षीया युवतीको मृत्यु भएको छ।
युनुसले सन् १९८० को दशकमा स्थापना गरेको ग्रामीण बैंकमार्फत दसौँ लाख ग्रामीण महिलाहरूलाई लघुवित्त कर्जा प्रदान गरेर बंगलादेशको चरम गरिबी उन्मूलनमा मद्दत पुगेको थियो।
ट्विटरले नीलो रङको चरालाई हटाउँदै कालो पृष्ठभूमिमा कोरिएको सेतो ‘एक्स’लाई कम्पनीको नयाँ लोगोका रूपमा सार्वजनिक गरेको छ।
मदिरा सेवन गरेको अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा आगो लगाएको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
रुस र साउदी अरबजस्ता ऊर्जा उत्पादन गर्ने केही ठूला अर्थतन्त्रले पनि जीवाश्म इन्धनबाट छिटो बाहिरिने कुरामा निर्णय दिन सकेका छैनन्।
साउदीमा सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।
भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन सूचना जारी गरेको छ।
दशकको अन्त्यसम्ममा जीडीपी दोब्बरले वृद्धि गरी ८०० अर्ब अमेरिकी डलर पुर्याउने योजना रहेको यूएईका अर्थमन्त्रीले जनाएका छन्।
कुकी समुदायले मणिपुरका बीजेपी मुख्यमन्त्री एन वीरेन सिंहमाथि हिंसा भड्काएको आरोप लगाउँदै आएका छन् भने विपक्षी दलहरूले द्वन्द्वमा प्रधानमन्त्री नरेन्द्र मोदीको मौनताको आलोचना गरेका छन्।
आर्थिक राजधानी मुम्बईका केही भाग र यसको आसपासका क्षेत्रहरूमा विगत केही दिनदेखि नै शैक्षिक संस्था बन्द गरिएका छन्।
‘ईयू डिजिटल सर्भिसेज एक्ट’ ले नोभेम्बरमा कानूनी रूप पाएको थियो। अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता वेबका १९ ठूला कम्पनीलाई कानूनी दायरामा आउन अगस्ट २५ सम्म समय दिइएको छ।
यूएस फोर्सेस कोरियाले घटनाको अनुसन्धान गरिरहेको छ। सिमाना पार गरेपछि ती सैनिकसँग कुनै सम्पर्क नभएको बताइएको छ।
स्वास्थ्य अधिकारीहरूले जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन्।
भूभागका हिसाबले विश्वकै ठूलो र बढी जनसंख्या भएको एशिया महादेशका अधिकांश राष्ट्र अत्यधिक तापक्रम सहितको ‘हीटवेभ’ र भीषण बर्षाको घातक प्रभाव झेलिरहेका छन्।
जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ। जर्मन सरकारका प्रवक्ता क्रिस्टिन होफमानले विश्वका निर्धन मानिसलाई द्वन्द्वको सिकार बनाउन नहुनेमा जोड दिएकी छन्।
अविरल वर्षाका कारण प्रभावित बनेका १४ वटा शहर र प्रान्तका आठ हजार ८५२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
अस्पताललाई निशाना बनाएर गरिएको आक्रमणमा पाँच जनाको मृत्यु र २२ घाइते भएको सुडानी सेनाले जनाएको छ।
सन् २०१९ को चुनावी अभियानका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको थर संकेत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो।
दक्षिण कोरियामा मुसलधारे वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। बाढीका कारण सडक जलमग्न भएको छ भने रेल सेवा अवरुद्ध बनेको छ।