दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ। यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन।
आक्रमणका क्रममा धेरै धारिला हतियार जफत गरेको र धार्मिक सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीले बताएका छन्।
स्थानीय बोलिचालीमा अवैधानिक आप्रवासीहरुले गैरकानूनी रुपमा प्रयोग गरेका भवनलाई ‘हाइज्याक्ड’ भवन भन्ने गरिन्छ।
पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको हो। आगलागीको कारण खुल्न सकेको छैन।
सैन्य अधिकारीहरूले ‘कू’ गरेपछि ग्याबोनका राष्ट्रपति अली बोन्गोले एक भिडियोमार्फत आफ्ना ‘साथीहरू’लाई ‘कु’ विरूद्ध बाेल्न आह्वान गरेका छन्।
भारतले अध्यक्षता गरिरहेको याे सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिकालगायत देशका प्रमुख आउने सम्भावना छ।
अप्रिल १५ देखि सुडानका विभिन्न क्षेत्रमा जारी हिंसाका कारण तीन हजार मानिसको मृत्यु भएको छ। छ हजारभन्दा बढी घाइते भएका छन्।
अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको चन्द्रयान–३ को विक्रम रोभरले अक्सिजनसहित धेरै खनिज पदार्थ रहेको संकेत फेला पारेको ईसरोले जनाएको छ।
केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भएकाे भेटवार्तामा सीमा विवादबारे छलफल भएकाे बताइएकाे थियाे।
गएकाे हप्ता अस्ट्रेलियाका दुई ठूला ग्यास कम्पनी शेभरोन र वुडसाइड इनर्जीको आपूर्तिमा अवरोधको चिन्ता बढेसँगै युराेपमा ग्यासको मूल्य उकालो लागेको थियो।
अमेरिकासँग सम्बन्ध चिसिँदै गएका, इन्धन आपूर्तिमा एकाधिकार राख्ने र भूराजनीतिमा पनि शक्तिआर्जन गर्दै गएका राष्ट्रहरुको ‘ब्रिक्स’मा प्रवेशलाई विज्ञहरु पनि ‘नयाँ कुराको संकेत’ भनिरहेका छन्।
काेराेना महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै उत्तर काेरियाले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको हाे।
अमेरिका, अस्ट्रेलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसिया गरी पाँच देशका दुई हजार ५०० सैनिक सम्मिलित ‘प्रिड्याक्टर रन’ तालिमका क्रममा दुर्घटना भएकाे हाे।
रंगभेदी घोषणापत्र बोकेका बन्दुकधारीले ‘जनरल डलर स्टोर’मा गोली प्रहार गरेका थिए। हत्या गरिएकामध्ये दुई पुरुष र एक महिला छन्।
दक्षिणी फ्रान्सका केही भूभागमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।
विमान दुर्घटनामा मारिएका रुसी सैन्य समूह, वाग्नरका प्रमुख प्रिगोजिनको मृत्युको रहस्य खुल्न बाँकी छ। पश्चिमा मुलुकहरु भने यसलाई दुर्घटना मान्न तयार छैनन्।
जेलको वेबसाइटमा राखिएको ट्रम्पको रेकर्डमा गोरो वर्णको, ६ फीट ३ इन्च अग्लो, ९७ किलो, स्ट्रबेरी रंगको कपाल र नीलो आँखा भएको भनी उनको हुलिया उल्लेख गरिएको छ।
वरिष्ठ रुसी जनरल सर्गेई सुरोविकिनलाई वायुसेना प्रमुखको पदबाट बर्खास्त गरिएकै दिन विमान दुर्घटना भएको हो।
यसअघि चन्द्रमाको यही क्षेत्रमा पुग्ने लक्ष्यसहित गएको रुसी यान लुना–२५ गएकाे आइतबार चन्द्रमाकाे नजिक पुगेर दुर्घटनामा परेको थियो।
इटलीको मुख्य कृषि युनियन ‘कोल्डिरेट्टी’ले यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको छ। गत जुलाईमा यहाँ इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो।