AnonymousUser

Logout

कांग्रेसले अवरुद्ध संसद् खुलाउन पहल गर्ने

सत्तारूढ दल कांग्रेसले लामो समयदेखि अवरुद्ध संघीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ।

बालुवाटारको ७ रोपनी जग्गा फिर्ता गराएको छु, छानबिन होस्ः माधव नेपाल

युरोप भ्रमणमा जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको, तर पूर्वनिर्धारित कार्यक्रम भएकाले उता गएपछि सञ्चारमाध्यमहरूले आफू भागेको भ्रम फैलाएको अध्यक्ष नेपालले बताए।

नवनियुक्त मन्त्री अनिता देवीले लिइन् शपथ

जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य रहेकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन्।

सुन तस्करीमा सरकारको कुनै तह संलग्न भएको आशंका, उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने अडानमा यथावत्

ओलीले पत्रकार सम्मेलनमा जुनसुकै तहको भए पनि सरकारको संलग्नताबिना १०० किलो सुन तस्करी प्रकरण सम्भव नै नभएको दाबी गरे। सरकारले लिएको अडानबाट त्यो प्रष्ट हुने उनले बताए।

सुन प्रकरणमा नाम जोडिएका माओवादी नेतामाथि पनि अनुसन्धान गर्न प्रधानमन्त्रीलाई प्रदीप पौडेलको चुनौती

सांसद पौडेलले कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमाने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए। 

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले संघीय मामिलामन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

सरकार ढाल्ने, अर्को बनाउने छलफल गरेका छैनौँ : रमेश लेखक

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठकमा सरकार बदल्ने छलफल नभएको बताएका छन्।

एमालेको चिन्ता सरकारको होइन, देशको हो: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले भयावह ढंगले देशको अर्थतन्त्र, सुशासन, शासकीय, प्रशासकीय संरचना र मूल्यमान्यतामाथि प्रहार भइरहेको बताएका छन्।

ओली भन्छन्– चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेर राख्यो चोरी हुन्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरण बाहिर आइसकेपछि गृहमन्त्रीले नैतिक रूपमा जिम्मेवारी लिएर राजीनामा दिनुपर्नेमा सदनमा आएर बोलेको भन्दै असन्तुष्टि जनाए।

सरकार विपक्षीप्रति प्रतिशोध साँध्ने बाटोमा लाग्यो: ओली

एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग ओलीले दोहोर्‍याएका छन्।

प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई ओलीको चेतावनी

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन्। 

‘सरकार निश्चित कार्ययोजनासहित अघि बढेको छ, स्थिरतामा शंका गर्नुपर्दैन’

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए।

पञ्चायतकालदेखिका प्रकरणको आयोग बनाएर छानबिन गर्नुपर्छ : बाबुराम भट्टराई

चर्चामा रहेका सुनकाण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्ष रूपमा छानबिन गर्नुपर्नेमा भट्टराईले जोड दिए।

प्रधानमन्त्रीलाई झलनाथ खनालको प्रश्न– राखेपमा हाम्रो संगठनलाई किन समावेश नगरेको हो?

झलनाथ खनालले आफ्नो पार्टीनिकट खेलकुद महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे एकीकृत समाजवादी सरकारमा बसिरहन जरुरी नभएको बताएका छन्।

मतदानमार्फत जनप्रतिनिधिको मूल्यांकन गर्दै जनमत पार्टी

जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधिको अनुमोदन मूल्यांकन मतदानलाई ‘राइट टु रिकल’को आन्तरिक अभ्यासका रूपमा लिएको छ।

सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै दिन टिक्दैन : शेखर कोइराला

नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कार्यम हुनुपर्ने आवश्यकता औँल्याए।

युवालाई देशभित्रै विकास निर्माणमा जुट्न प्रधानमन्त्रीको आग्रह

विदेश जाने युवालाई सुरक्षित र सम्मानजनक कामको वातावरण कसरी निर्माण गर्ने भन्ने चुनौती रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।

स्वच्छ वातावरणका लागि विद्युतीय सवारीको प्रयोग बढाऔँ: उर्जामन्त्री

देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतीकरणले‍ महत्त्वपूर्ण योगदान गरेको मन्त्री बस्नेतले बताएका छन्। 

सत्तामा टिकिरहन ३० वर्ष पुरानो फाइल खोलेर मलाई गिरफ्तार गरियो : सुनील शर्मा

कांग्रेस सांसद डा. सुनील शर्माले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको दाबी गरेका छन्।

परिणाम दिने गरी नियम कानून बनाउन सकेनौँ : सभामुख

सभामुख देवराज घिमिरेले निरन्तर संसद् अवरोध हुँदा नियमित कानून बनाउन बाधा परिरहेको बताएका छन्।