AnonymousUser

Logout

जिम्मेवारी पन्छाएर राज्यलाई क्षति पुर्‍याउने व्यक्तिबाटै पूर्ति गर्ने प्रणाली आवश्यक : प्रधानमन्त्री

सबैभन्दा ठूलो चुनौतीका रूपमा समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको प्रधानमन्त्री दाहालले बताएका छन्।

तराई–मधेशमा पिउने पानी र सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले चुरे दोहन रोक्न, जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेशमा सिँचाइको व्यवस्था मिलाउन आग्रह गरिन्।

मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताएका छन्।

लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न एमालेको संकल्प प्रस्ताव

नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रस्ताव दर्ता गरेको छ।

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, प्रदेश इन्चार्ज पनि तोकियो

बुधबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन पनि टुंग्याएको छ। नेताहरूलाई प्रदेश इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोकिएको हो।

सरकारी ओहोदामा रहेकाले भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिनुपर्छ: ओली

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्ने पक्षमा रहेकोसमेत बताएका छन्।

गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले गैरआर्थिक भ्रष्टाचारजन्य क्रियाकलापको प्रभावकारी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने माओवादी नेताहरूको धारणा

स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उपत्यकाका उपप्रमुखले स्थानीय सरकार सञ्चालन ऐन संशोधनबारे साझा धारणा बनाउने

उपप्रमुखहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयक सबै पालिकामा नपुगेको जनाउँदै तत्काल पुर्‍याउनसमेत मन्त्रालयसँग माग गरेका छन्। 

उपनिर्वाचन : चैत २४ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगामी वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय गरेको छ।

पुनर्निर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग

राष्ट्रियसभा सदस्यहरूले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनर्निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन्।

प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीका कारण संसद बैठक स्थगित

किसानहरुलाई दुधको मूल्य भुक्तानी गर, विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर र मिटरब्याज पीडितहरूलाई तत्काल न्याय गर भनेर नाराबाजी भएसँगै बैठक अगाडि बढ्न नसकेको हो।

कोशी प्रदेशसभाः १ वर्षमा २० करोड ५४ लाख खर्च, ८ वटा कानून निर्माण

पाँच वटा सरकार गठन र दुई पटक सभामुख निर्वाचन गरेको कोशी प्रदेशसभाले हालसम्म आठ वटा कानून निर्माण गरेको हो।

राजनीतिक दलसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश

प्रतिनिधिसभामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन्।

सुपर त्रिशूली जलविद्युत्को अनुमति लिने–दिने दुवै प्रश्नको घेरामा : डा. स्वर्णिम वाग्ले

रास्वपा सांसद डा. वाग्लेले त्रिशूली नदीमा प्रस्तावित सुपर त्रिशूली हाइड्रोपावरले त्यहाँको र्‍याफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय पैदा गरेको बताए।

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने 

इलाम–२ मा निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा ‘क’ मा निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। 

एमालेले संसद्‌बाट माग्यो गृह, यातायात, स्वास्थ्य र पर्यटनमन्त्रीको राजीनामा

आइतबार प्रतिनिधिसभा बैठकको शुरूमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।

सभामुख भन्छन्– स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको छ  

सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिमा चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।

मधेशको विकास नभई देशको विकास हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए। 

३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ: प्रधानमन्त्री

बैठकमा प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराए।