डा. भट्टराईले मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताए।
अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधानले कोइरालाको दिमाग (ब्रेन)मा रक्तप्रवाह कम भएको बताए।
नेपाली कांग्रेस पार्टीको संकल्पपत्रका मस्यौदा समितिका संयोजक रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लक्ष्य तथा आंकडा अध्ययन र विकासका स्थापित सैद्धान्तिक मान्यताका आधारमा तय गरिएको बताए।
स्थानीय तहमा कांग्रेसले पाउने मत आफ्ना उम्मेदवारलाई नआएको बताउँदै आएको माओवादी केन्द्रले यसपटक गठबन्धन दलको मत तान्ने रणनीतिलाई प्राथमिकतामा राखेको छ।
नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप लगाए।
कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने उल्लेख छ।
एमाले अध्यक्ष ओली आगामी निर्वाचनमा १०० सिट जित्ने बताए। उनले समानुपातिकमा ५० सिट ल्याएर बहुमतको सरकार बनाउने दाबी गरे।
माओवादीले बागी उम्मेदवारी दिएका र उनीहरूका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि सिफारिस गर्न पनि प्रदेश समितिलाई निर्देशन दिएको छ।
उनले आफू कालोसूचीमा नरहेको भन्दै कालोसूचीमा भए देखाउन चुनौती दिए। उनले कर्जा सूचना केन्द्रको 'ब्ल्याकलिस्ट'मा आफ्नो नाम फेला परे जुनकुनै सजाय भोग्न आफू तयार रहेको बताए।
मन्त्री भुसालले अर्को निर्वाचनमा आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी छन्।
मिश्रले मंसिर ४ को निर्वाचनमा काठमाडौँ-१ बाट चुनिएर संसद् छिरेको अवस्थामा सांसद विकास कोषबाट बाँडिने रकम नलिने घोषणा गरेका छन्।
संविधानविद् डा. आचार्यले मतदातालाई 'राइट टू नो भोट'को अधिकार दिलाउन परमादेश जारी भएको उल्लेख गर्दै आयोगले सर्वोच्च अदालतको परमादेशको अवहेलना गरेको दाबी गरे।
ओलीले गत वर्ष तुइन काटेर जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न पनि गरेका छन्।
भृकुटीमण्डपमा नेपालमै पहिलोपटक उम्मेदवार मेला हुने भएको छ। मेलामा उपत्यकाभरिका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार उपस्थित रहने आयोजकको अपेक्षा छ।
अध्यक्ष ओलीले झापा-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए।
आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेको छ।
जातीय संघीयता र न्यायालयमा संसदीय नियन्त्रण हुनुपर्नेलगायत पहिलो संविधानसभा अवधिमा माओवादीले जेजस्ता उट्पट्याङ देखायो, तिनले सभाको अवसान मात्र निम्त्याएनन्, माओवादीको ओरालो यात्रासमेत तय गरे।
रवीन्द्र मिश्रले आफूले उठाएका अजेन्डाहरू पुस्तकमा रहेको बताए। उनले आफ्ना शुभचिन्तकको आग्रहमा किताब बाँडेको उल्लेख गरे।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। मतदाता चाडपर्व तथा बालीनाली भित्र्याउनमा व्यस्त भएको बेलामा उम्मेदवारले घरदैलो शुरू गरेका हुन्।
एमाले अध्यक्ष ओलीले हरेक चाडपर्वको महत्त्व फरक-फरक हुने बताए। उनले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।