AnonymousUser

Logout

कांग्रेस सभापति देउवाको एकल निर्णयविरुद्ध संघर्ष गर्ने गगन थापाको चेतावनी

कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णयविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री दाहाल इन्दोरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत 

प्रधानमन्त्री दाहालले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिने कार्यक्रम छ। 

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रू’ भयो: प्रधानमन्त्री 

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालको दाबी छ। 

देश जसपाको अजेन्डामा अगाडि बढिरहेको छ: उपेन्द्र यादव

जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीका रूपमा स्थापित भएको यादवको भनाइ छ।

कांग्रेसलाई पुनर्निर्माण गर्न सबै गुटहरू भत्काउनुपर्छ: गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले सबै गुट भत्काएर पार्टीलाई पुनर्निर्माण गर्नुपर्ने बताएका छन्। उनले कांग्रेसलाई बदल्न चाहनेहरूलाई विगतका दाइहरूको साथ छाड्न आग्रह गरेका छन्।

सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

रास्वपाले ‘सांसद विकास कोष’ खारेजीका लागि संघीय संसद् सचिवालयमा बिहीबार संकल्प प्रस्ताव दर्ता गराएको छ।

नागरिकता विधेयक प्रमाणीकरणले जनताको अधिकारमाथि प्रहार भयो : सुवास नेम्वाङ

एमाले उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनुले जनताको अधिकार र संसद्माथि प्रहार भएको बताएका छन्।

मैले र नेपालका प्रधानमन्त्रीले द्विपक्षीय सहकार्यलाई सुपरहिट बनाउने महत्वपूर्ण निर्णय गरेका छौँः मोदी

पत्रकार सम्मेलनमा मोदीले सन् २०१४ मा आफूले पहिलोपटक प्रधानमन्त्री बनेको तीन महिनामै नेपाल भ्रमण गरेको स्मरण गर्दै त्यसबेला नेपाल–भारत सम्बन्धका लागि आफूले भनेका कुरा चरितार्थ भएको बताए।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री दाहालले बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। त्यसलगत्तै हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ।

लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन

सांसद राजेन्द्रकुमार केसी संयोजक तथा ऋषिकेष पोखरेल, रामकृष्ण यादव, डा. अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहने गरी कार्यविधि मस्यौदा निर्माण उपसमिति गठन गरिएको छ।

नागरिकता विधेयक प्रमाणीकरण संविधान र संसदीय मूल्य मान्यताले नचिनेको बाटोबाट : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिएका छन्।

नेपाली भूमि समावेश नक्साबारे भारतसँग कूटनीतिक माध्यमबाट छलफल भइरहेको छ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल भारत प्रस्थान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको हो। दाहालले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। 

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन्। 

असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न एकीकृत समाजवादीको आग्रह

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न एकीकृत समाजवादीले अनुरोध गरेको छ। 

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाँदै, बिहीबार मोदीसँग भेटवार्ता

भ्रमणका क्रममा नेपालको ऊर्जा तथा जलविद्युत्‌को क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्रीले भारत भ्रमणका बेला नेपाली भूमि समेटिएको नक्साको विषय उठाउनुपर्छ : ओली

भारतजस्तो पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले नेपालको भूमि नक्साभित्र हालेर संसद्मा राख्ने कार्य उचित मान्न नसकिने एमाले अध्यक्ष ओलीको भनाइ छ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

कार्कीमाथि लिखित रूपमा पत्र वा इमेलमार्फत उजुरी दिन सकिने समितिल‍े जनाएको छ।  वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

भारतसँग कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ: परराष्ट्रमन्त्री 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।