AnonymousUser

Logout

जिल्ला निर्वाचन कार्यालय खारेजीबारे आयोगले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

निर्वाचन आयोगले गृहमन्त्रीलाई कार्यालयमा बोलाएर सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको जिल्ला निर्वाचन कार्यालय खारेजीबारे ध्यानाकर्षण गराएको छ।

सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' भनेपछि प्रतिनिधिसभामा नोकझोक

प्रधानमन्त्रीलाई भारत भ्रमणबारे प्रश्न गर्ने क्रममा रास्वपा सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' अभिव्यक्ति दिएपछि केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नोकझोक भएको छ।

सांसद भन्छन् : नागरिकता विधेयक प्रमाणीकरणमा त्रुटि भयो, खारेज गरी पुनः संसद्मा दर्ता गर्नुपर्छ

सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरण प्रक्रियामा त्रुटि भएकाले त्यसलाई खारेज गरेर पुनः संसद्मा दर्ता गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर आइतबार १ घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएको जनाएका छन्।

देशको समग्र हितरक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितरक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताएका छन्।

नागरिकता ऐन स्वार्थले ल्याइएको हो, हामी यसको घोर विरोध गर्छौं : सन्तोष परियार

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन: राजेन्द्र लिङ्देन

राष्ट्रपति संस्था सैद्धान्तिक रूपले अभिभावक हुन नसक्ने अध्यक्ष लिङ्देनको भनाइ छ।

प्रतिनिधिसभा बैठक १ घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको एमाले महासचिवको आरोप, कठघरामा उभ्याउन माग

कालापानी, लिपुलेक र लिम्पियाधुरा  बंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले गम्भीर राष्ट्रघात गरेको पोखरेल आरोप छ।

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल शुरू हुने

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू हुने कार्यसूची छ।

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संवैधानिक कर्तव्य पूरा गर्नुभयो : कांग्रेस

नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा गरेको बताएको छ।

इपीजीको विषयलाई उचालेर २ देशबीचको सम्बन्ध बिगार्न चाहिनँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा इपीजीको विषयलाई उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण बिगार्न नचाहेको बताएका छन्।

मोदीसँगको खुलस्त कुराकानीले थाँती रहेका विषय सम्बोधन गर्ने आधार तयार भयो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको दाबी गरेका छन्।

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिको संसद्मा जवाफ माग्ने

एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्र हितविपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग गर्ने निर्णय गरेको छ।

अनियमितता गरेको भेटिए माओवादीकै नेता भए पनि छुट दिइने छैन : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई खेर जान नदिने बताएका छन्।

अब म पार्टी सभापति हुने होइन, युवाहरू मिलेर कांग्रेसलाई बलियो बनाउनुहोस् : देउवा

नेपाली कांग्रेसका सभापति देउवाले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। अब युवा पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।

भारत भ्रमण दूरगामी प्रभावको र पहिलेकाे तुलनामा बढी फलदायी रह्यो: प्रधानमन्त्री दाहाल (अन्तर्वार्ता)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो। त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो।

नागरिकता विधेयक प्रमाणीकरणले संसद्को अपमान भयो, देशभर विरोध हुन्छ : एमाले

एमालेले नागरिकता विधेयक प्रमाणीकरणले संसद्को विशेषाधिकारको हनन भएको निष्कर्ष निकाल्दै सरकारको यस कदमको देशभर विरोध गर्ने भएको छ।

शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा चीनको चासो छ : अग्नि सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा चीनले चासो राखेको बताएका छन्।

राष्ट्रपतिबाट ऐन प्रमाणीकरणपछि नागरिकता समस्या कति सुल्झियो, कति बाँकी?

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि आमाको नामबाट तथा जन्मका आधारमा अंगीकृत नागरिकका सन्तानलाई पनि नागरिकता दिने व्यवस्था भएको छ। तर, महिला र लैंगिक अल्पसंख्यकका कतिपय सवाल यथावत् नै छन्।