AnonymousUser

Logout

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

रास्वपा सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका छन्।

जेठ ४ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभाको जेठ ४ गतेको  बैठकमा सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन्। प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने छन्।

बजेट बनाउँदा मन्त्रीले आफूहरूसँग छलफल नगरेको सांसदहरूको गुनासो

सभामुख देवराज घिमिरेसँग सांसदहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले आफूहरूसँग छलफल नगरेको गुनासो गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन दलका शीर्ष नेताहरूबीच छलफल

‍बालुवाटारमा बसेको सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको छ।

संसद्लाई प्रभावकारी बनाउन तीन दलका नेता र सचेतकबीच छलफल

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ। 

गठन्धनको राष्ट्रविरोधी नीतिले अर्थतन्त्र संकटतर्फ धकेलिएको एमालेको आरोप, चर्चित सबै काण्डहरू छानबिन गर्न आह्वान

सरकारले फजुल खर्च रोक्न नसक्दा सामाजिक सुरक्षा भत्तासमेत भुक्तानी गर्न नसक्ने परिस्थिति बनेको एमालेको आरोप छ।

संघीयतामा पुनर्विचार गर्नेबारे केन्द्रीय कमिटी बैठकमा छलफल भएको छैनः एमाले

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा संघीयतामा पुनर्विचार गर्नेबारे सोच्न पनि नसकिने प्रस्ट्याएका छन्।

नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले नेपाल–भारतबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई सुदृढ र सुमधुर बनाउन भौगोलिक सीमासम्बन्धी समस्याहरू हल गरेर अघि बढ्नुपर्ने बताएकी छन्।

भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरियो: शेखर कोइराला

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै तह र तप्काको भए पनि कानूनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने कोइरालाको भनाइ छ। 

आगामी निर्वाचनमा पहिलो शक्ति बन्न एमालेले वार्षिक योजना बनाउने

एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन प्रस्तुत गरेका छन्।

गण्डकीमा सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले पायो पूर्णता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा दोषी नछुटोस्, निर्दोष नपरोस् भन्नेमा स्पष्ट छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता जनाएका छन्।

कांग्रेसभित्र खाँणप्रति सहानुभूतिको मत बलियो

​​​​​​​खाँणले हिरासतमा बसेर प्रहरीलाई अनुसन्धानका लागि सघाएकाले उनलाई निर्दोष मान्नुपर्ने तर्क कांग्रेसका केही नेताहरूले गरिरहेका छन्।

नागरिकता विधेयकमा राष्ट्रपतिको ‘अग्रसरता’ विवादमा, कानूनविद्‍कै दुईथरि राय

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता विवादमा परेको छ।

गण्डकीमा कांग्रेस र माओवादीबाट ३ मन्त्री नियुक्त, सपथ ४ बजे

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा तथा माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका छन्।  

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

७८ वर्षीय बस्नेतको शुक्रबार बिहान काठमाडौँको सिफलस्थित निवासमा निधन भएको हो। उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले पीडित थिए।

विधायिकामा बिजोगः जो अनुसन्धानको ‘घेरा’मा छन्, तिनैलाई समितिको जिम्मा

शरणार्थी प्रकरणले भ्रष्टाचारको लहरो तानिरहँदा संसद्ले समातेको बाटो उल्टो छ। जोमाथि संसद्‍बाट छानबिन हुनुपर्ने छ, तिनलाई त्यही समितिको जिम्मा लगाइनुले दल मात्र होइन, संसद्को भूमिकामै प्रश्न उठाएको छ।

नक्कली शरणार्थी प्रकरणः नाम जोडिएका अन्य ‘हाई प्रोफाइल’ विरुद्ध प्रमाण खोज्दै प्रहरी

हिरासतमा रहेका व्यक्तिहरूले दिएको बयान र सार्वजनिक भएको अडियो संवादमा सुनिएका विषयलाई प्रमाणले पुष्टि गर्छ या गर्दैन भन्नेमा पछिल्लो प्रहरी अनुसन्धान केन्द्रित भएको छ।

कांग्रेसले खाँणबारे तत्काल कुनै निर्णय नलिने, अदालतको फैसला कुर्ने

कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता खाँणबारे तत्काल कुनै निर्णय नगर्ने, अदालतको फैसला कुर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

सत्तारूढ गठबन्धनसँग आर्थिक मन्दीबाट उम्किने योजना नै छैन : ओली

बैठकमा अध्यक्ष ओलीले अहिलेको संकटग्रस्त अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको 'ब्रिफिङ' गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।