AnonymousUser

Logout

नेपाल कहिले बन्ला महिलाहरूको पनि देश?

रविको सट्टा कुनै रविना लामिछानेले 'मेरो एउटा श्रीमान् थियो, सम्बन्ध राम्रो थिएन। अर्को प्रेमी थियो, उसबाट बच्चा जन्मियो, सकियो। अहिले अर्को विवाह गरेकी छु र म खुशी छु' भनेको भए के हुन्थ्यो होला?

८ मार्च : हामी लडेरै यहाँसम्म आइपुगेका हौँ

संविधानले प्रदान गरेका वंशीय अधिकारको व्यावहारिक कार्यान्वयन अहिलेको चुनौती हो। अधिकार उपभोगमा समानता कायम गर्नेतर्फ महिला आन्दोलन अगाडि बढ्नुपर्छ।

रङ : यत्रतत्र सर्वत्र

पशुको टाउको, नजिकै देवताको सानो मूर्ति, पूजा सामग्री र लतपतिएको रातो रगतमाथि अर्को गाढा रातो रङको प्रश्न चिन्ह। मलाई त्यो चित्र बनाएपछि धेरै हदसम्म 'रिलिफ' मिल्यो।

खाना नभएर मात्र होइन, खान नजान्दा पनि हुन्छ कुपोषण

कसैको पोषण राम्रो छैन भन्ने कुरा कतिपय अवस्थामा अनुहारको बनावट र अनुहारबाट हराएको 'ऊर्जा'बाट पनि थाहा हुन्छ। पोषण नपुगेका बच्चा प्राय: अस्वस्थ रहन्छन्, उनीहरूलाई झ्याउ र झिँजो लाग्ने गर्छ।

जयप्रकाश मल्ल: आफ्नै रानीबाट लखेटिएका राजा

आफ्ना मितसमेत रहेका पृथ्वीनारायण शाहले युद्धमा गोली लागेर घाइते भई छटपटिइरहेका जयप्रकाश मल्ललाई आफ्नो मान्छे पठाएर सोधे,‘के कुरा माग्छौ? दान पुण्य जे जे गर्न मन लाग्छ, म गराइदिऊँला।’

राष्ट्रपति चुनाव: व्यवस्था जोगाउन रामचन्द्र कि सुवासचन्द्र?

हारको संघारमा भएपछि वामपन्थी र जनजाति 'सेन्टिमेन्ट'को केही भोट तानेरै भए पनि गठबन्धनलाई चक्मा खुवाउन सकिन्छ कि भन्ने सोचबाट प्रेरित भएर ओलीले नेम्वाङलाई राष्ट्रपतिमा अघि सारे।

पितृसत्ता : आर्थिक रूपमा कमजोर बनाइरहेछ महिलालाई

केही दिन अघि मात्र सांसद माया राईले आफ्नो दुधे बालकलाई संघीय संसद् भवनभित्रै स्तनपान गराउन नपाएको विषय बाहिर आएबाट पनि महिलाहरूको हविगत थाहा हुन्छ।

मिडियाको 'माइनर अप्रेसन'

सर्वत्र भ्रष्टाचार र बेथिति छन्। एउटै भन्ज्याङको हावा र एउटै मूलको पानी पिउने नेपालका मिडियाचाहिँ कमजोरीरहित होला र?

प्रवाह मिडियाको : आवश्यकता साँचो सूचनाको

नेपाली आमसञ्चारमाध्यमको भूमिका अहिले कस्तो छ? आलोचकको आँखामा कहाँनिर बिझाइरहेछ? यसले आत्मसमीक्षा गर्न पर्ने हो कि होइन?

छोरीको सफलता : नयाँ अभ्यास गर्नैपर्छ

एउटा सामान्य हिसाब गरौँ– नेपाली श्रीमती/आमाहरूले 'पारिश्रमिक नमिल्ने' घरको काममा दैनिक कति घण्टा खटिनुपर्छ? त्यही काममा कति प्रतिशत पुरुष सहभागी हुन्छन्?

समावेशिता : हिंसा या अहिंसा तपाईं र मेरो छनोट होइन

संविधानमा समावेशी लेखे पनि, सार्वजनिक ठाउँमा जेजस्ता बौद्धिक विमर्श गरे पनि चरित्रका हिसाबमा हामी समावेशी हुन सकेका छैनौँ।

…त्यसो हुँदाहुँदै पनि हामी बाँच्नुपर्छ

जीवन फालेपछि सुख र दुःख नै बाँकी नरहने हुँदा यही जीवनका सुख दुःख भोग्न, न्याय र अस्तित्वका लागि लड्नकै लागि पनि हामी बाँच्नुपर्छ।

हेलो मिडिया, आफूलाई ऐनामा हेर्ने कि?

'ट्विटर पञ्चायत' नै पत्रकारिता र लेखनको आदि र अन्त्य होइन। यही सत्य नबुझ्दा नेपाली बौद्धिकता धरमराएको छ।

‘माफियातन्त्र’को झल्को दिने राजनीति

अहिलेका पार्टीहरू पार्टीजस्ता छैनन्, माफियाजस्ता भइसके र तिनका नेतृत्व माफियाका सरदारजस्ता छन्। यो सबैमा देश भने झन‍्भन्दा झन् बढी थिलथिलो बनिरहेछ।

श्रीलंकाको कर्जा संकट र छिमेकी देशका आर्थिक समस्या

नेपालको अर्थतन्त्र चलायमान राख्न मध्यपूर्वको मरुभूमि र मलेसियाको जंगलमा परिश्रम गर्ने हाम्रा पुरुष र महिलाहरूलाई सबैले कृतज्ञता र धन्यवाद व्यक्त गर्नुपर्छ।

राष्ट्रपति भण्डारीका ७ वर्ष : 'महिला भएर मात्र भएन'

तीन जना निःशस्त्र, गरिब र दलित महिलालाई १७ जना सेनाले नियन्त्रणमा लिई  गरेको हत्यालाई भण्डारीले ‘सिकार गर्न गएकाहरू मारिएको’ भनेर चरम् संवेदनहीनता देखाएकी थिइन्।

माधव नेपाललाई राष्ट्रपति बनाउने 'ओली प्रस्ताव': केबल दाउपेच

कांग्रेस सहमत नहुने गरी माधवकुमार नेपाल राष्ट्रपतिका उम्मेदवार पनि बन्दैनन्, उम्मेदवार भइहाले भने पनि जित्दैनन्। राष्ट्रिय सहमतिको अवस्थामा बाहेक माधवकुमार नेपालले जोखिम लिँदैनन्।

'फुड माइल', हाट बजार र जलवायु संकट

जलवायु परिवर्तनका असर रोक्न हाम्रा भान्छामा के पाकिरहेको छ र त्यो खाना भान्छासम्म आउने क्रममा त्यसले कति दूरी तय गरेको छ, त्यो ख्याल गरौँ।

निर्वाचन आयोगले २०७९ को चुनावमा गुमाएको अवसर

यसको सम्पूर्ण दोष आयोगको होइन, तर यसले वेबसाइट बनाउँदा त्यस्ता वेब मापदण्डहरू अपनाउन सक्छ, जुन पहिले नै अन्य देशहरूद्वारा प्रमाणित र प्रकाशित भइसकेको छ।

मानिसको द्वैध चरित्र : शिष्ट हुने कि मनमौजी?

समाजका हरेक मानिसले देखावटी छवि बनाएर आफैँले आफैँलाई तथा अरूलाई पनि झुक्क्याएका छन्। अनि, आफू पनि अरूको झुटो छवि देखेर झुक्किएका छन्।