AnonymousUser

Logout

बालबालिकाका लागि कस्तो भविष्य निर्माण गर्दै छौँ हामी?

भारतमा युवा बालबालिकाले कस्तो प्रकारको आधारभूत शिक्षा, स्वास्थ्य, पोषण र हेरचाह पाउन सक्छन् भन्ने कुरा धेरै हदसम्म जात, वर्ग, भूगोल र लैंगिकताले निर्धारण गर्छ।

वायु प्रदूषण नियन्त्रण कसको जिम्मेवारी?

घरबाट निस्किने जैविक फोहोरलाई सकिन्छ घरमा नै व्यवस्थापन गरौँ, नत्र कम्तीमा वर्गीकरण गरौँ। समाजका सबै मिलेर फोहोर जलाउने कामलाई निरुत्साहन गरौँ।

‘माओवादी क्रान्ति’ सफल भएको भए उत्पीडितले स्वतः अधिकार पाउँथे?

कुनै एक अछुतलाई छुत बनाउन नसकेको, छाउपडीको एउटा पनि गोठ र गरिबीका पर्खालहरू भत्काउन नसकेको सशस्त्र विद्रोहले कालिकोट र पिलिवासीलाई के दियो?

अपांगता भएका दलित महिलामा विभेदका चाङ

सरकारले अपांगता भएका व्यक्तिका लागि निःशुल्क शिक्षा र सिपमूलक तालिम भनेको भए पनि उक्त अवसरबाट अपांगता भएका दलित महिला वञ्चित छन्।

‘ओ’क्रेसी, डी. इ. एम.’ र ‘एम. इ. डिया’

शक्तिशाली हुँदै गएका नवशासकहरू सरकारप्रतिको नागरिक असन्तुष्टि र अविश्वासलाई व्यक्तिगत रूपमा आफूप्रति लक्षित ठान्छन्। समस्याको समाधानभन्दा पनि नागरिकलाई नै सजाय दिन उद्धत हुन्छन्।

वायु प्रदूषण: इच्छाशक्ति भए कम गर्न सकिन्छ

प्रदूषणको स्तर उच्च रहने बेला, खासगरी बिहान आठ, साढे आठ बजेसम्म शारीरिक व्यायाम, हिँडाइ, दौड, खेल तथा अन्य बल प्रयोग हुने/ बढी श्वासप्रश्वास गर्नुपर्ने प्रकृतिका कार्य नगर्दा नै राम्रो हुन्छ।

कार्यक्रम शुरू हुनुअघि…

‘गोर्खाहरूलाई न्याय नदिने गोर्खा नै हो कि केन्द्र सरकार? केन्द्र सरकार हो भने उसलाई कालो झन्डा नदेखाएर केको दार्जिलिङकै जनतालाई पो उल्लु बनाइ राखेको?’

लोकतन्त्रको अभ्यास: सुधार्ने कसरी?

कुनै दलको ‘ट्याग’बिना बाँच्न नसक्ने महसुस गरेर नै धेरै मान्छे पार्टीका ‘झोले’ हुने गरेका छन्। जुनसुकै दलको शासनमा पनि स्वतन्त्र र निर्भीक न्यायालय कायम राख्न सकियो भने लोकतन्त्र साँच्चै बलियो हुनेछ।

भावुक ‘सारंगी’मा घोलिएका केही ‘मन्दविष’

निर्देशकले साँच्चै निम्न मध्यम वर्गीय परिवारको कथाको रूपमा शहर आसपासको गैह्रदलित बाबुछाेराकाे कथा भन्न सक्थे, तर यसो गर्दा चलचित्रले अहिलेझैँ नाफा कमाउन सक्दैनथ्यो।  

अदानी ‘घुस’ प्रकरण: मोदीलाई अर्को झट्का

भारतकै धनी राज्य महाराष्ट्रमा भाजपाले ठूलो जित हासिल गरेसँगै भाजपा नेताहरू आफ्नो चुनावी अभियान पहिलेकै लयमा फर्किएकोमा खुशी छन्, तर जितको श्रेय मोदीलाई खासै दिइएको छैन।

जलवायु परिवर्तनले उत्पन्न गरेका सुरक्षा चुनौती

नेपालमा जलवायु परिवर्तनले निम्त्याएका समस्याहरू सुरक्षामा बहुआयामिक चुनौती बन्न थालेका छन्। तिनलाई कसरी सामना गर्ने?

यात्रुमैत्री विमानस्थल एजेन्सीको खोजी

विमानस्थल आवतजावतलाई सहज र यात्रुमैत्री बनाएर यात्री बढाउनुको साटो मानव तस्करीलाई योगदान गर्ने गतिविधि हुनु र नीति बन्नु सर्वथा अनुचित छ।

क्रेडिट रेटिङ के र केका लागि हो? 

देशको अन्तर्राष्ट्रिय ‘बेन्चमार्किङ’ले प्रत्यक्ष लगानी मात्र नभएर अन्य ठाउँमा स्थापित व्यवसाय नेपालमा आफ्नो उपस्थिति बढाउन उत्सुक हुन सक्छन्।

प्रदूषणको उकुसमुकुस : भागेर जाऊँ, कुन ठाउँ जाऊँ…

मानव स्वास्थ्यका लागि आपत्कालकै अवस्थामा पुग्दासम्म पनि हामी बोल्दैनौँ, लेख्दैनौँ र केही पहल गर्दैनौँ भने केको बौद्धिक? केको नागरिक समाज?

वर्षा, नदी र जमिन: कहाँ चुक्यौँ हामी?

नदीको पानी प्रयोग गर्न नसक्दा ‘नदी खेर गयो’ भन्ने गरेको सुनिन्छ। तर नदी त हजारौँ वर्षदेखि बगिरहेको थियो। बग्नु नै नदीको प्राकृतिक स्वभाव र कर्म हो।

नेपाली दल, मिडिया र रासोमोन इफेक्ट

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मिलन हुनुपर्ने त्यस्तो के अभूतपूर्व संयोग जुर्न गयो होला र अहिलेको गठबन्धन बन्यो होला?

लोकतन्त्रलाई आचरणमा उतार्ने ढुंगाना

लोकतन्त्रलाई व्यापक रूपमा अघि बढाउनुपर्छ, पार्टीगत सङ्कुचनबाट माथि उठ्नुपर्छ, समावेशी सोचसाथ लैजानुपर्छ भन्ने विचार अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो दमननाथ।

कन्जुस बन्ने कि मितव्ययी?

महँगा सवारीसाधन खरिद, अनावश्यक सरकारी भ्रमण, भोजभतेर, तोरण, खादामाला र तक्माहरू नागरिकले बुझाएको करको दुरुपयोग हो। 

अर्थतन्त्रको आकार, राष्ट्रिय ऋण भार तथा सञ्चित विदेशी मुद्रा

विदेशी मुद्रालाई केन्द्रीय बैंकमा भण्डारण गर्नुभन्दा राष्ट्रिय ऋण भार घटाउन उपयोग गर्दा अर्थतन्त्रको हित हुने देखिन्छ। भण्डारणमा रहेको पैसाले कसैको आय वृद्धि गर्न सक्दैन।

वर्षा, नदी र जमिन : कहाँ चुक्यौँ हामी?

अहिले आएर विश्वव्यापी रूपमा के मानिएको छ भने विपद्‌ प्राकृतिक होइन। घटना प्राकृतिक हुन्। पानी पर्नु, भूकम्प र हावाहुरी आउनु प्राकृतिक हुन्।