एमाले महासचिव शंकर पोखरेलले आधारभूत विश्वव्यापी मान्यताअनुरूप शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए।
मुम्बई प्रहरीका अनुसार शुक्रबार इमेलमार्फत उनलाई उक्त धम्की आएको हो।
उनले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको बताए
विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
पर्वतको जलजला गाउँपालिका–८ नागलीवाङस्थित फर्सेमा रहेको शिवालय चौपारीघाटबाट वर्षायामको बाढीसँगै अवैधरूपमा बालुवा र ढुंगा उत्खनन् गरिएपछि घाटनै गायब भएको छ।
सक्षम र योग्य उम्मेदवार डा. आचार्यको पक्षमा प्रधानमन्त्री नै सार्वजनिक रूपमा एक शब्द नबोली मौन बसेपछि सरकार उदासीन देखिएको टिप्पणी निर्वाचनको अन्तिम घडीसम्म आइपुग्दा पनि भइरहेको छ।
३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र संरचना हटाउन लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने जनाएको छ।
टी–२० विश्वकपको एशिया छनौटका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।
कार्तिक १३ गतेदेखि नेपालमा हुन गइरहेको आईसीसी विश्वकप एशिया छनाैटका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक शनिबार दिउँसो ४ः१९ बजेदेखि शुरू हुनेछ।
अफ्रिकी जंगली भैंसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जंगली जनावरका कारण चोबे राष्ट्रिय निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटकी गन्तव्यका रूपमा चिनिन्छ।
ती व्यक्तिले विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीले जनाएको छ।
नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ।
दक्षिण अफ्रिकाले १६ बल बाँकी रहँदै ४७.२ ओभरमा पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
माछापुच्छ्रे गाउँपालिकाले जारी गरेको सूचनाअनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ।
छायानाथ रारा नगरपालिका–६, स्थित मन्दुमा एकै परिवारका चार जना मृतावस्थामा फेला परेको घटना अनुसन्धान गर्न जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
शुक्रबारदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।
गौरीफन्टा हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक पाँच सय दरका भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाटै फर्किने गरेको व्यवसायी बताउँछन्।
७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि आशा गरेअनुसार उत्पादन नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए।