AnonymousUser

Logout

लेखा परीक्षण नबुझाउने दललाई पत्राचार गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले लेखा परीक्षण गराई प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई जरिबानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ।

राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थियौँ : पूर्णबहादुर खड्का

उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताएका छन्।

लथालिंग प्रदेशः कार्यक्षमता नै कमजोर कि संघको वक्रदृष्टिको शिकार?

प्रदेशलाई आफ्नै प्रशासनिक इकाईका रूपमा हेर्ने काठमाडौँको सोच र मानसिकता नफेरिँदा संविधानप्रदत्त अधिकारसमेत प्रयोग गर्न नपाएका प्रदेश सरकारहरू क्रमशः कान्तिविहीन बन्दै गएका छन्।

कांग्रेस रूपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन

प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीमा देखिएको यथास्थितिले आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्न नसक्ने बताए।

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

प्याकेज विक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन्।

कांग्रेसले एक वर्षमा ७ लाख सदस्य बनाउन ‘घर–घर जाऊँ पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरी पूर्णता दिइसक्ने कार्ययोजना पेस गर्दै एक वर्षभित्र ७ लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाइने बताए।

उडान ‘डिले’ भएपछि निगमले गठन गर्‍यो छानबिन समिति

जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो।

भौतिक पूर्वाधारमन्त्री भन्छन्– नागढुंगा–सिस्नेखोला सुरुङमार्ग एक वर्षभित्र सञ्चालनमा ल्याउँछौँ

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा भएका अवरोध हटाउन सहयोग गर्न आग्रह गरे।

कांग्रेस केन्द्रीय समितिको बैठक जारी [तस्वीरहरू]

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ। बैठकमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित लगायत १० वटा अजेन्डामा छलफल हुँदै छ।

१० हजार डलरसहित विदेशी नागरिक पक्राउ

नेपाल एयरलाइन्सको उडानमार्फत यूएई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई प्रहरीले पक्राउ गरेको हो।

अत्यधिक गर्मी र आँधीबेहरीको चपेटामा एशिया

भूभागका हिसाबले विश्वकै ठूलो र बढी जनसंख्या भएको एशिया महादेशका अधिकांश राष्ट्र अत्यधिक तापक्रम सहितको ‘हीटवेभ’ र भीषण बर्षाको घातक प्रभाव झेलिरहेका छन्।

अस्ट्रेलियामा हुने कमनवेल्थ गेम्स संशयमा

कमनवेल्थ गेम्स फेडेरेसनले गतवर्ष अप्रिलमा भिक्टोरियालाई २०२६ को कमनवेल्थ गेम्सको आयोजना गर्न स्वीकृति दिएको थियो।

रोल्पामा घटेन असारे विकास, ५६ करोड बजेट फ्रिज

रोल्पामा संघबाट प्रप्त ५७ करोड ७४ लाख ८७ हजार र प्रदेशबाट प्राप्त एक अर्ब दुई करोड १६ लाख ८३ हजार रुपैयाँ विकास बजेट खर्च भएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: मुख्य टनेल ४०० र रेस्क्यु टनेल ३५ मिटर खन्न बाँकी

सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।

आईसीटी अवार्डको अनलाइन आवेदन खुला, १३ विधामा पुरस्कार दिइने

यसवर्ष थप एकसहित १३ विधामा अवार्ड प्रदान गरिने आयोजकले बताएका छन्। अवार्ड विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्नेछन्।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० वटा अजेन्डामा छलफल हुने

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे शुरू हुने बैठकको प्रत्यक्ष प्रशारण गर्ने तयारी छ। यसअघि सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विभिन्न १० अजेन्डा तय गरेको थियो। 

अन्न निर्यात सम्झौता सकिएको रुसको घोषणा, अमेरिकाले भन्यो– क्रूर निर्णय  

जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ। जर्मन सरकारका प्रवक्ता क्रिस्टिन होफमानले विश्वका निर्धन मानिसलाई द्वन्द्वको सिकार बनाउन नहुनेमा जोड दिएकी छन्। 

राष्ट्रिय भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त 

नेपाल भलिबल संघको सोमबार बसेको कार्यकारिणी बैठकले श्रेष्ठलाई  कप्तान नियुक्त गरेको छ।

नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग जारी रहन्छ: बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

राज्यमन्त्री क्वीन्सले नेपाली नर्सको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने धारणा राखेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

सुन तस्करीदेखि शरणार्थी प्रकरणसम्मको अनुसन्धान गर्ने १० प्रहरीको विशेष बढुवा

प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ।