AnonymousUser

Logout

नेपालमा ओमिक्रोनको नयाँ सबभेरियन्ट पुष्टि

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

नवलपरासीमा फागुनयता मरे ३ पाटेबाघ

नवलपरासीमा फागुनदेखि जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन्।

डेंगी ५७ जिल्लामा फैलियो, सचेतना अपनाउन आग्रह

डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए।

सहकारी छानबिन समितिको कार्यादेशमा जुटेन सहमति, बैठक शुक्रबार पुनः बस्ने

कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।

भारतीय निर्वाचन : सीमा क्षेत्रमा यस्तो देखियो प्रभाव (तस्वीर)

भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिँदा सवारीसाधन चल्न पाएका छैनन् भने भारत जानेहरू पैदल हिँडेर सीमा पार गर्ने गरेका छन्।

बालमन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई साता बित्यो, कोही पक्राउ परेनन्

बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा सीआईबीले १४ दिनअघि पक्राउ पुर्जी लिए पनि कोही समातिएका छैनन्। सीआईबीस्रोत भन्छ, ‘गृहमन्त्रीकै ग्रिन सिग्नल पाएनौँ।’

बुद्ध प्रतिमाको नगर परिक्रमा (तस्वीर)

बौद्ध धर्मावलम्बीले २५६८औँ बुद्धजयन्तीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा बुद्ध प्रतिमाको नगर परिक्रमा गराएका छन्।

‘इम्बोस्ड’ नम्बर प्लेटमा खेलाँची, नियम लागू भए पनि आएन कार्यान्वयनमा

सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता भएको वा हुन लागेको सबै सवारीमा ‘इम्बोस्ड’ नम्बर अनिवार्य गरेको छ।  तर सवारीसाधनका अधिकांश प्रयोगकर्ता यसबारे बेखबर छन्। 

यारीगाउँको अरनिको प्राविमा २ विद्यार्थी पढाउन ३ शिक्षक

बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले १ देखि ५ कक्षामा विद्यार्थी भर्ना नभएका प्रधानाध्यापक हरिनारायण चौधरीको भनाइ छ। 

रारा जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते

बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

रारा विमानस्थलमा जहाजको ठक्करबाट कर्मचारी घाइते

घाइते कर्मचारीलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।

तुलसीपुरका दर्जन बढी बस्तीमा खानेपानी समस्या

घरअगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन। धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बासकी शशिकला विकले बताइन्।

मनाङ सदरमुकामका ३ वटै खोलामा छैन पक्की पुल

सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन्। दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन्।

बेलायती प्रधानमन्त्री सुनकले अचानक गरे संसद विघटन, चुनावको मिति घोषणा

सत्तारुढ दलबीचको विवाद र विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमानका बीच प्रधानमन्त्री सुनकले संसद विघटन गरेको बताइएको छ।

महिला एशिया कप: २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

श्रीलंकामा जुलाई १९-२८ सम्म आयोजना हुने महिला एशिया कपमा नेपाल समूह 'ए'मा छ। यस समूहमा नेपालसँगै पाकिस्तान, भारत र यूएई छन्।

गर्मीका कारण आधाले घट्यो अण्डा उत्पादन, कुखुरामा रोगको पनि जोखिम

गर्मीको समयमा अण्डा उत्पादनमा २० देखि २५ प्रतिशत ह्रास आउने गर्छ। यस वर्ष भने गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ।

पूर्वी अफ्रिकामा भारी वर्षा: १६ लाख मानिस प्रभावित

बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा मे १७ सम्ममा ४७३ जनाको मृत्यु भएको र झन्डै चार लाख १० हजार मानिस विस्थापित भएका छन्।

आईपीएल: राजस्थानसँग पराजित हुँदै बाहिरियो बैंगलुरु

बुधबार राति भएको इलिमिनेटर खेलमा बेंगलुरुलाई ४ विकेटले पराजित गर्दै राजस्थानले दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको छ।

यस्तो रहनेछ बिहीबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

अर्थतन्त्रमा प्रादेशिक योगदान:  बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ।