AnonymousUser

Logout

रफाहमा इजरायली आक्रमणः शिविरमा बसेका प्यालेस्टिनी ज्युँदै जले 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।

मुगुको डोल्फु गाउँँमा हतियारधारी समूहद्वारा लुटपाट

गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा संकलन गर्न गएको समयमा लुटपाट गरिएको हो। 

चार करोड बराबरको कोकिनसहित ठमेलबाट विदेशी नागरिक पक्राउ

पक्राउ परेकी अपुलाले कोकिन मिसिएको क्याप्सुल निलेर पेटभित्र लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

चार सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, २२ घाइते

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारीसाधन एकापसमा ठोक्किएका छन्।

देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ।

तेस्रो पटक आईपीएल च्याम्पियन बन्यो कोलकाता, हैदरावाद ८ विकेटले पराजित

प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भएको छ। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।

सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध

धार्चे गाउँपालिका–३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।

अवहेलना मुद्दामा बुढानीलकण्ठका मेयरसहित ४ जनालाई १ महिना कैदको आदेश

काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहित चार जनालाई एक महिना कैदको आदेश दिएको छ। 

महालेखापरीक्षकको प्रतिवेदन : सबैभन्दा धेरै बेरुजु अर्थमा, गौरवका आयोजनाको बजेट अन्तै खर्च

गत वर्ष १७१ स्थानीय तहले ऐन मिचेर स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी सरकारी ढुकुटीबाट नौ करोड १५ लाख रुपैयाँ खर्चिएका छन्।

बंगालको खाडीबाट शक्तिशाली आँधी आउने चेतावनीपछि लाखौँ मानिसलाई सारियो सुरक्षित स्थानमा

बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भेरीगंगामा ढुंगा–बालुवाको ठेक्का लगाउँदा भ्रष्टाचार, १० कर्मचारीसहित १३ जनाविरुद्ध मुद्दा

सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्का लगाउँदा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

बस्तुभाउबाट खेतीबाली जोगाउन सडकमा तगारो

बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडा अध्यक्ष देवीजंग गुरुङ बताउँछन्।

देशको बेरुजु ११ खर्ब ८३ अर्ब पुग्यो

प्रतिवेदनअनुसार संघ, प्रदेश, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। अद्यावधिक बेरुजु गत वर्षभन्दा १४.०५ प्रतिशतले बढेको छ।

तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना

महाशाखाले आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सार्वजनिक संस्थान : २६ नाफामा, १५ घाटामा, ३ वटाको कारोबार शून्य

उच्च नोक्सान भएका ५ सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग र नेपाल टेलिभिजन छन्।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ४४ करोडको कारोबार

आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको छ।

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत, प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान

अर्थमन्त्री पुनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान रहेको बताए।

सीमा नाकाको ‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि पाएनन् तलब

पछिल्लो ६ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।

सकिएन लघुवित्त समस्या समाधान कार्यदलको अध्ययन, ऋणीलाई बाँकी ऋण मिनाहाको आशा

विभिन्न जिल्लाबाट आएका लघुवित्त ऋणीहरूको आन्दोलनपछि सरकारले चैत २ गते लघुवित्त समस्या समाधान कार्यदल गठन गरेर अध्ययनका लागि ६० दिनको समय दिएको थियो। गठनको ६० दिन पूरा भइसक्दा के गर्दैछ कार्यदल?