AnonymousUser

Logout

फेरिँदैछन् काठमाडौँ महानगरका सडकपेटी (भिडियो-कथा)

काठमाडौँ महानगरले सडकपेटी सुधार र मर्मतको अभियान थालेपछि अपाङ्गता भएकाहरूलाई पनि हिँड्न सहज हुँदैछ। तर कतिपय ठाउँमा सडकपेटीमै बनाइएको विभिन्न भौतिक संरचनाका कारण अवरोध कायम छ।

भेनेजुएला कोपा अमेरिकाको क्वार्टरफाइनलमा

जमैकालाई हराउँदै भेनेजुएला क्वार्टरफाइनलमा पुगेको छ। समूह चरणका सबै खेलमा हार बेहोरेको जमैका भने बाहिरिएको छ।

सुर्खेतमा पहिरोले पुरिएर १ जनाको मृत्यु, १ घाइते

पहिरोमा पुरिएर भेरी नगरपालिका–४ इवरमा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ । घाइते भएका उनका बुवा रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

कालोपत्र हुँदै म्याग्दीका ग्रामीण सडक, सहज बन्यो यात्रा

बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको बताए। अब बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुंगेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयको माग छ।

इंग्ल्यान्ड र स्पेन युरोकपको अन्तिम आठमा

सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विट्जरल्यान्डसँग र स्पेनले जर्मनीसँग खेल्नेछन्।

यस्तो रहनेछ सोमबारको मौसम

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीको भनाइ

हदम्यादको अन्यौल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीले बताएका छन्। 

पेट्रोल प्रतिलिटर २ र डिजेल ५ रुपैयाँले बढ्यो

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

लालीगुराँस सहकारीका अध्यक्ष र सीईओसहित ४ जना पक्राउ

ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

फ्रान्समा हुने पारलम्पिकमा भीमबहादुरले खेल्ने

भीमसहित पेरिस पारलम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ। यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन्।

वैध कागजातका अभावमा मलेसियामा जेल पर्दै नेपाली

मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको एक अध्ययनले देखाएको हो।

डेंगी संक्रमणले यसपालि झन् ठूलो रूप लिनसक्ने अनुमान, नियन्त्रणको लागि तयारी अवस्थामा छौँः मन्त्रालय

वर्षात‍्को मात्रासँगै यस वर्ष डेंगी रोगको संक्रमण पनि बढ्न सक्ने अनुमानसहित नियन्त्रणका लागि  सम्भावित  सबै उपाय तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान

मनाङको नासोँ गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ।

वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहेका ८ उद्यमी पुरस्कृत

एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा सात जनालाई उद्यमी राष्ट्रिय पुरस्कारद्वारा नगदसहित सम्मान गरिएको हो।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१’ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर

घुस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रूपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ।

नेप्से परिसूचक १४.८३ प्रतिशतले घट्यो

आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ को विन्दुमा कायम भएको छ।

कृषिप्रधान नेपालमा ११ महिनामै १२ अर्ब ४३ करोड रुपैयाँ बराबरको धान आयात

प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी वर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहेका छन्।

घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते

ढुंगा बोकेको ट्रयाक्टर एक्कासि सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट अन्तर्राष्ट्रिय हवाई भाडा अचाक्ली, सरकारकै नीतिले पर्यटक बढाउने योजना संकटमा

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर हवाई भाडामा १३ प्रतिशत भ्याटलाई निरन्तरता दिइएपछि चिनियाँ विमान कम्पनीहरूले काठमाडौँ उडान नगर्ने चेतावनी दिएका छन्।