AnonymousUser

Logout

महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त (तस्वीरहरू)

काठमाडौँ महानगरको निर्णयअनुसार सशुल्क पार्किङ हटाइएपछि महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त बनेको व्यवसायीको भनाइ छ।

पोखरा विमानस्थल ‘काण्ड’सित जोडिने कोलपाटनको ओभरहेड ट्यांकीः निर्णय गर्नै किन डरायो संस्थान?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनासित जोडिएका थुप्रै बेथितिमा कोलपाटनको ओभरहेड ट्यांकी पनि जोडिएको छ। अख्तियारले यसबारे अनुसन्धान शुरू गरेपछि खानेपानी संस्थान त्राहिमाम देखिन्छ।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, साढे १३ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.२० को विन्दुमा कायम भएको छ।

राजदूत नियुक्ति समावेशी र पारदर्शी बनाउन सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राजदूतमा सिफारिस गर्दा संविधानको व्यवस्था र निर्देशिकाको व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ। 

९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ रोक्ने लेखाको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी

उजुरीमा ९० रुपैयाँ नेटवर्थ कायम नहुने कम्पनीको आईपीओ निष्कासन रोक्दा‍ पुँजी पलायन हुने, ठूला लगानीकर्ताले लगानी गर्न नसक्ने र समग्र राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने उल्लेख छ।

एमबीबीएसको प्रवेश परीक्षाको नतिजाबारे छानबिन गर्न सांसदको माग

सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाको नतिजाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

चीनमा स्कुल बस दुर्घटना: ११ जनाको मृत्यु, १३ घाइते

मंगलबार बिहान बस सडक छेउमा रहेका अभिभावक र विद्यार्थीहरूको भिडसँग ठोक्किएको थियो। दुर्घटनामा मृत्यु हुनेमा ६ अभिभावक र ५ विद्यार्थी छन्।

चार दिनभित्र भाउजू, बुहारी र नातिनी गुमाएपछि विक्षिप्त श्यामलाल 

बाँकेको नरैनापुर–३ गेगली गाउँका श्यामलाल पासीको घरमा झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्याका कारण भदौ १२ मा उनकी बुहारी उषा, १४ मा भाउजू शान्ति र १६ मा नातिनी नन्दनीको निधन भएको छ।

महोत्तरीमा प्रतिबन्धित लागुऔषध कोडाइन बरामद

सम्सी गाउँपालिका–४ स्थित भेटपुर इलाकाको गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेका सवारीसाधन जाँच गर्ने क्रममा ३६० बोतल कोडाइन बरामद गरेको हो। 

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। 

गोरखा–आरुघाट सडक: हट्यो जुगेपानी पहिरोको सास्ती

गोरखा–आरुघाट सडकखण्डको जुगेपानी पहिरोका कारण २० वर्षदेखि यात्रीले हैरानी खेप्दै आएका थिए। यस वर्ष पहिरो रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको छ।

ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती

रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने उल्लेख छ।

सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

खहरे खोलामा बाढी: धरानका बस्ती जोखिममा

खहरे खोलामा आएको बाढीले धरान–१३ का सात घरमा क्षति भएको छ। करिब १० घर बढीको उच्च जोखिममा छन्।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशीकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्युठानको माण्डवीमा ७ वर्षदेखि बन्द घरमा मानव कंकाल फेला

प्रहरीले कंकालको डीएनए प्रोफाइल जाँच तथा शव परीक्षण रिपोर्टका आधारमा अनुसन्धान शुरू गर्ने जनाएको छ।

दैजी–जोगबुढा सडक ५ पटक म्याद थप्दा पनि बनेन

कञ्चनपुरबाट डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान छोटो दूरी पर्ने दैजी जोगबुढा सडक पटक–पटक समय थपिएर पनि निर्माण नहुँदा स्थानीय घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्।

डेंगी संक्रमणबाट ३ जनाको मृत्यु, संक्रमितको संख्या ६ हजार नाघ्यो

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगीको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको छ।

खडक पुलमा खाल्डाखुल्डी, बढ्यो दुर्घटनाको जोखिम

खडक पुलमा बनेका खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बांग्लादेशमा बाढीबाट ११ जिल्ला प्रभावित, हजारौँ घरबारविहीन

बांग्लादेशमा बाढीबाट प्रभावित ११ जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने देशभर सात लाखभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।