AnonymousUser

Logout

डढेलोको असर: जंगलमा देखिन छाडे चराचुरुंगी र जनवार

जंगलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ्रेलगायत पक्षी तथा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्ती बताउँछन्।

भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रअगाडि स्थानीयको विरोध प्रदर्शन

स्थानीय बासिन्दाले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर्न, गैरकानूनी तरिकाले बर्खास्त चिकित्सकलाई अविलम्ब पुनर्बहाली गर्न माग गरेका छन्।

राजविराजको मुख्य सडकमा खाल्डैखुल्डा

मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारीचालकले गुनासो गरेका छन्। 

फ्रान्सका नयाँ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् गठन गर्न सकस

वामपन्थीहरूले प्रधानमन्त्रीका रूपमा बार्नियरको मनोनयनप्रति आपत्ति जनाएका छन्।

गृहले अर्थ मन्त्रालयमा पठायो सशस्त्र प्रहरीसम्बन्धी विधेयक

सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर राय–परामर्शका लागि शुक्रबार अर्थमा पठाएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालले बताए। 

केन्याको विद्यालयमा आगलागी: १७ बालबालिकाको मृत्यु

न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा बिहीबार मध्यरातमा आगलागी भएको थियो। 

‘माननीयज्यूहरू! अब सभाको कारबाही प्रारम्भ हुन्छ...’

संसद्‍मा अहिले डिजिटल हाजिरी छ तर बैठक चल्दाचल्दै टाप कस्ने सांसदको कमी छैन। आफूले बोल्ने दिन पनि पालो सकिएपछि अरूको भनाइ सुन्ने धीरता सांसदहरूसँग छैन, बैठक अन्तिमतिर पुग्दा हल रित्तो भइसक्छ।

बर्दियामा गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु, २ जना घाइते

अमेरिकी पर्यटकलाई लिएर जंगल यात्रामा भएका वरिष्ठ नेचर गाइड ठाकुरबाबा नगरपालिका–९ बर्दियाका मनमोहन चौधरीको मृत्यु भएको हो।

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

बाढीमा बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव शुक्रबार बिहान फेला परेको छ। 

एन्ड्री सिबिहा युक्रेनको विदेशमन्त्री नियुक्त 

युक्रेनी संसद्‍ले रिक्त विदेशमन्त्री पदमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको हो। सिबिहाले उपस्थित ३१५ सांसद्‌मध्ये २५८ को समर्थन प्राप्त गरे।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुमखण्ड र बागलुङ–बुर्तिबाङखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

पूर्वपश्चिम राजमार्गमा भत्किएको कल्भर्ट नबन्दा आवतजावतमा सास्ती

व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन्। बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ।

कोशी, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, १ बेपत्ता

कुँडुलेदेखि मालिका जाँदै गरेको मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको हो।

बाढीपहिरोले दिक्तेल बजारमा लाखौँको क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध

बाढीपहिरोका कारण मध्यपहाडी लोकमार्गका सडक अवरुद्ध हुँदा यात्रु बीचमै अलपत्र परेका छन्। दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी पस्दा  किरातचोकका होटल तथा पसलमा क्षति पुगेको छ।

किसानको बक्यौता तिर्न डीडीसीलाई सरकारले दियो ६० करोड

मन्त्रिपरिषद् बैठकले किसानसँग लिएको दूधको बक्यौता रकम तिर्ने प्रयोजनका लागि डीडीसीलाई ६० करोड रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ।

दक्षिणपन्थी नेता बार्नियर बने फ्रान्सको प्रधानमन्त्री

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई नियुक्त गरेका छन्।

२३ वर्षमा बनेको बागलुङ बसपार्क सञ्चालनमा संशय, पोखरा बसपार्क ५० वर्षदेखि अधुरै

पोखरा बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन्। टिकट काउन्टर पनि बाहिरी सडकमा छन्।

अभिभावकले अनुमति दिए विद्यार्थी रुस पठाउने तयारी

शिक्षामन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर अभिभावकको अनुमतिमा मात्र जान दिने बताएकी छन्।

जम्मु–कश्मीर निर्वाचनः प्रतिस्पर्धा भाजपा र इन्डिया गठबन्धनबीच, मुद्दा ‘आर्टिकल ३७०’

भारतको कान्छो ‘यूनियन टेरिटोरी’मा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म हुने निर्वाचनबाट ९० विधायक छानिने छन्। हिन्दू बहुल जम्मुमा भाजपा र मुस्लिम बहुल कश्मीरमा एनसी वा एआईपीको पल्ला भारी हुने अनुमान छ।