AnonymousUser

Logout

कोरोना बीमाको रकम माग गर्दै परेको रिटमा कारण देखाऊ आदेश

कोरोना बीमाको रकम माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। 

प्रतिनिधिसभाबाट पारित भयो नेपाल विश्वविद्यालय विधेयक

सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक संघीय संसद्मा पेश गरेको थियो।

पहिरोले काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध

पहिरो खस्दा काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। 

कानून बन्यो, अब कसरी टुंगिन्छन् १८ वर्षदेखि अल्झिएका द्वन्द्वकालीन मुद्दा?

संघीय संसद‍्बाट सर्वसम्मतिमा संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गरेका दलहरूले शान्तिप्रक्रिया टुंगोमा पुग्न लागेको बताइरहँदा द्वन्द्वपीडित भने न्याय पाउनेमा अझै विश्वस्त भइरहेका छैनन्।

भियतनाममा यागी चक्रवातबाट ५९ जनाको मृत्यु, ३० लाख मानिस बिजुलीविहीन

चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारीसाधनसमेत बगाएको छ।

पोखरा जोड्ने मुख्य सडकको ठेक्का अवधि सकियो, प्रगति ३० प्रतिशत

तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एक सय एक दिनका लागि ठेक्काको म्याद थप भएको इन्जिनियर पौडेलले बताए।

नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६ को विन्दुमा सीमित

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।

अर्थ समितिबाट संशोधनसहित पारित भयो बैंकिङ कसुर विधेयक

बैठकले चेक अनादरसम्बन्धी मुद्दामा १० करोड रुपैयाँभन्दा माथिको बिगो भएमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्ने सहमति जुटाइएको समिति सभापति सन्तोष चालिसेले बताए।

खुम्चिएको हुलाकको हाल: एउटा चिठी पुर्‍याउन २४ सय खर्च!

कुनै बेला जगजगी रहेको हुलाक सेवा डिजिटल माध्यम फस्टाएसँगै खुम्चिँदै गयो। अहिले एउटा चिठी पुर्‍याउनमै सरकारी कोषबाट २ हजार ४३७ रुपैयाँ खर्च भइरहेको छ। जबकि हुलाकले जम्मा ४० रुपैयाँमा चिठी दर्ता गर्छ।

ईडीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ४ जना पक्राउ

ईडीभी प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

मस गाउँमा १ वर्षमै फल्यो विदेशी स्याउ

वर्षौंअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो।

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

इजरायलले  पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ। 

सर्वोच्चको आदेश पुनर्वलोकनको माग गर्दै संघर्ष समितिले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

एआईको लागि नीतिगत व्यवस्था गर्न जी ७ राष्ट्रका सभामुख सहमत

यो वर्ष जी ७ को अध्यक्षता गरिरहेको इटालीले एआईका लागि अन्तर्राष्ट्रिय मापदण्डहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

खोलाले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ।

‘अटो शो’मा ११ प्रतिशतसम्म छुट अफरः अरू बेला बढी मूल्य असुलिएको हो?

यसपालि नाडा अटो शोमा राखिएका गाडीमा १० लाख रुपैयाँसम्म छुट दिइयो। यस्तो छुट कसरी तय हुन्छ भन्ने न उपभोक्ताले थाहा पाउँछन्, न त पारदर्शी नै हुन्छ।

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

पाँच किलोमिटरको सो प्रतियोगितामा उनले १५.५२ मिनेटमा उक्त दुरी पूरा गर्दै मानन्धर प्रथम भएका हुन्।

जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय

इँटाको छत रहेकाले पटक पटक इँटा खस्ने गरेको कार्यालय प्रमुख शोभा पाण्डे बताउँछिन्।

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगल विजयी

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएका खेलमा स्पेन र पोर्चुगल विजयी भएका छन्।

अफगानिस्तानमा १ लाखभन्दा धेरै लागुऔषध प्रयोगकर्ता अस्पताल भर्ना

अफगानिस्तान काउन्टर नार्कोटिक प्रहरीले तीन वर्षमा देशभर १ हजार ४५० लागुऔषध प्रयोगशाला तथा ३७ हजार अफिम फार्म नष्ट गरेको छ।